डिजिटल माध्यमबाट जनतासँग जोडिदैं बाँके कांग्रेस
Thursday, November 19th, 2026, 8:20 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३ मंसिर
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्देशन अनुसार बाँके कांग्रेसले डिजिटल माध्यमबाट जनतासँग जोडिदै समाज परिवर्तनमा सक्रिय हुने अभियानको सुरुआत गरेको छ । जस अन्तर्गत नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका नगर कार्यसमिति बाँकेको आयोजनामा बिहिबार डिजिटल प्रतिनिधत्व सम्बन्धी परामर्श भेला सम्पन्न भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रतिनिधि जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यमा भएको भेलामा डिजिटल माध्यमबाट पार्टीको बिचार जनता सम्म लग्नको लागि आम कार्यकर्ताले सक्रिय भएर लाग्न निर्देशन दिइएको थियो । नगर सभापति धनराज बर्माको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रतिनिधि जन्मजय तिमिल्सिनाले पछिल्लो समय पार्टीलाई बदनाम गराउने उद्देश्यले भ्रमर्छन गरिने सुचनाको खण्डन गर्नु पर्ने बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘पार्टीले पहिलो पटक डिजिटल माध्यमबाट आफना बिचार तथा कार्यक्रम जनता सम्म लग्ने प्रयास गरेको छ । हामीले हाम्रो इतिहास नयाँ पुस्तालाई बुझाउनु पर्नेछ । हामीमा कमी कमजोरी छन । त्यसलाई सुधार गर्दै जनताको हितमा हामीले काम गर्ने प्रयास गर्नु पर्छ ।’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधान्शु कोइरालाले पछिल्लो समय सामाजिक संजालको माध्यमबाट युवाहरुको मतिष्कमा कांग्रेसले केहि गरेन भन्ने भ्रंम सृजना गर्ने गतिविधि भैरहेकोले त्यसलाई खण्डन गर्नु पर्ने बताउनु भएको छ । उहाँले भन्नु भयो, ‘कांग्रेस अब नविन सोच र योजनका साथ जनता माझ जादैछ । एल्गोरिदमको माध्यमबाट हामीलाई कमजोर बनाउने प्रयास भएका छन् । डिजिटल माध्यमबाट नेपाली समाजलाई भ्रमित गर्ने प्रयास भएका छन् । एल्गोरिदमबाट नकारात्मक कुरालाई स्थापित गरेर सत्ता पुगेको पार्टीले नेपाली समाजमा गलत दिशामा लग्ने प्रयास गरेको छ ।’
नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले डिजिटल प्रतिनिधत्व सम्बन्धी परामर्श भेलाले पार्टीलाई बलियो बनाउने बताउनु भयो । उहाँले नेपाली कांगे्रसलाई कमजोर बनाउने चलखेललाई खण्डन गर्नु पर्ने सुझाव दिनु भयो । नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउन डिजिटल प्रतिनिधत्व सम्बन्धी परामर्श भेला महत्वपुर्ण सावित हुने विश्वास व्यक्त गर्नु भयो । अहिलेको सरकारले नेपाली कांग्रेसलाई कमजोर बनाएर नयाँ चलखेल गर्ने प्रयास गरेको आरोप लगाउनु भयो ।
नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि प्रशान्त विष्ट एवम् नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले पार्टीको संगठन भन्दा बाहिर बसेर गतिविधि गरिरहेको साथीहरुलाई जोड्दैं कांग्रेसलाई बलियो बनाउनु पर्ने बताउनु भयो । कांग्रेस भित्रको आन्तरिक संकटले देशलाई कमजोर बनाउने भएकोले फरक विचार राख्ने साथीहरुसँग सहकार्य गरेर लोकतन्त्रलाई बलियो बनाउने प्रयास गर्नुपर्ने उहाँले बताउनु भयो ।
यसैगरी पार्टी कांग्रेस पार्टी कार्यालय भएको डिजिटल प्रतिनिधत्व सम्बन्धी परामर्श भेला कार्यक्रममा पार्टीका विभिन्न पदमा रहनु भएका नेताहरुले कार्यक्रममा सम्बोधन गर्दै डिजिटल माध्यमसँग जोडिएर पार्टीको सिद्धान्त, योजना र कार्यक्रमलाई प्रभावकारी बनाउन सक्रिय हुनु पर्नेमा जोड दिनु भएको थियो । नगर उपसभापति शरद राज अधिकारीले स्वागत गरेको कार्यक्रममा नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ प्रदेश (ख)सभापति प्रदिप साहु तेली, केन्द्रीय महाधिवेशन प्रतिनिधि एवम् महिला संघ बाँके जिल्ला अध्यक्ष नारायणी रुपाखेती लगायतले सम्बोधन गर्नु भएको थियो ।