शिखर इन्स्योरेन्सको २२औं वार्षिकोत्सवमा ४० जनाले गरे रक्तदान
Thursday, November 19th, 2026, 8:27 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३ मंसिर
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २२औँ वार्षिकोत्सवको अवसरमा नेपालगन्जमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कम्पनीको नेपालगन्ज शाखाले आयोजना गरेको कार्यक्रममा ४० जनाले रक्तदान गर्नु भएको थियो ।
नेपालगन्जको धम्बोझीस्थित कम्पनीको शाखा कार्यालय परिसरमा बिहीबार आयोजित रक्तदान कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूले उत्साहजनक सहभागिता जनाउनु भएको थियो ।
कार्यक्रममा सहभागी भई रक्तदान गर्ने सम्पूर्ण रक्तदातालाई शिखर इन्स्योरेन्स नेपालगन्ज शाखाका म्यानेजर कविन शाक्यले धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ । उहाँले रक्तदानजस्तो मानवीय र सामाजिक कार्यमा सहभागी हुने सबैप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
रगतको अभावका कारण कुनै पनि बिरामीले उपचारमा समस्या भोग्न नपरोस भन्ने उद्देश्यले कम्पनीले प्रत्येक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको शिखर इन्स्योरेन्स नेपालगन्जका मार्केटिङ अफिसर उपेन्द्र थपलियाले बताउनु भयो । कम्पनीले आफ्नो व्यावसायिक जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै विभिन्न मानवीय तथा सामाजिक गतिविधिलाई निरन्तरता दिँदै आएको शाखाका म्यानेजर शाक्यले बताउनु भयो । शिखर इन्स्योरेन्सले २२औँ वार्षिकोत्सवलाई सामाजिक सेवासँग जोड्दै रक्तदान कार्यक्रममार्फत जीवन बचाउने अभियानमा योगदान गरेको हो ।