नेपालगन्जले गर्यो रक्तदान कार्यक्रम
Thursday, September 29th, 2022, 3:25 pm
Kalpristha
नेपालगन्ज उप-महानगरपालिकाले बिहीबार कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्त संचार केन्द्रसँगको सहकार्यमा नेपालगन्ज उप-महानगरपालिका कार्यालय परिसरमै रक्तदान कार्यक्रम गरिएको नगरपालिकाका स्वास्थ्य महाशाखाका जन स्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए ।
चाडपर्वको समयमा हुन सक्ने रगत अभावलाई केही हदसम्म पूर्ति गर्न रक्तदान कार्यक्रम गरिएको पनि बस्नेतले बताउनुभयो । चाडपर्वको वेलामा सवारी दुर्घटना बढी हुने र त्यो समयमा रक्तदाता समेत भेट्न मुश्किल पर्ने भएकाले दशैं पर्वलाई लक्षित गरेर रक्तदान कार्यक्रम गरिएको हो ।
उक्त रक्तदानमा नगरपालिकाका आलेप अधिकृत खिमानन्द अर्याल, हेल्थ असिस्टेन्टद्धय तेज वली, राजन शाही, प्रशासन शाखामा कार्यरत सन्तोषी विष्ट, राजश्व शाखाकी सुनिता तिवारी, स्वास्थ्यकर्मीहरु पुष्पा केसी, प्रकाश श्रेष्ठलगायत ३० जना बढीले रक्तदान गरेका छन् ।
रक्त नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १२ का वडाअध्यक्ष तरुण ब्रजाचार्य, रक्तसंचार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ लगायतको पनि उपस्थिति रहेको थियो ।