‘नीलसागर बन्द हुने डर’
Thursday, September 29th, 2022, 4:08 pm
Kalpristha
दर्शन पौडेल
नेपालगन्ज, १३ असोज
सडक आश्रित व्यक्तिहरुको घर बन्दै आएको नीलसागर सेवा आश्रमले बुधबार आफ्नौ छैटौं वार्षिकोत्सव मनायो र सातौं वर्षमा प्रवेश गरेको छ । तर यस अवसरमा नीलसागर सेवा आश्रमकी अध्यक्ष सरिता खनाल (नीलसागर) भने नीलसागर बन्द हुने डरमा छिन् ।
नेपालगन्जमा प्रधान कार्यालय रहेको नीलसागरले बर्दिया, बुटवल, दाङलगायतका स्थानमा आफ्नो १० वटा शाखा खोलिसकेको छ । नेपालगन्जमा रहेको नीलसागरमा मात्रै १ सय ५८ जना सडक आश्रित व्यक्तिहरु रहेका छन् । भने कोहलपुरमा रहेको शाखामा वृद्ध व्यक्तिहरुलाई राखिएको छ ।
प्रधान कार्यालय नेपालगन्जमा मात्रै नीलसागरको मासिक ६ लाख रुपैयाँदेखि ९ लाख रुपैयाँ खर्च आउने गर्दछ । तर सो खर्च जुटाउन नसक्ने अवस्था आएको बताउँर्द सरिताले आश्रम बन्द गर्र्ने अवस्था सृजना हुन सक्ने बताइन् ।
ॅनीलसागरको अरु शाखामा समस्या छैन । समस्या भनेको नेपालगन्ज र कोहलपुरमा रहेको नीलसागरमा मात्र हो । हामीसँग भएको रकम पनि खर्च भई सक्यो,’ उनले बताइन् । उनी नेपालगन्जमा दाताहरुको कमी भएको र आश्रममा रडक आश्रित व्यक्तिहरुको पनि संख्या धेरै भएकाले समस्या उत्पन्न भएको बताइन् ।
एकतिर दैनिक खर्च जुटाउन समस्या भएको नीलसागरलाई अर्को तर्फ निर्माणाधीन भवन पनि अलपत्र झै परेको छ । नीलसागरले निर्माण गर्न लागेको कैलाश भवनको काम पनि हाल आएर अधुरै रहेको छ । जसम नीलसागरले पनि २४ लाख रुपैयाँ लगानी गरिसहेको छ ।
नीलसागरलाई समस्या परेको अर्को कारण भनेको प्रदेश सरकारबाट आउने सहयोगमा पनि कटौती हुनु हो । ‘ प्रदेश सरकारले विगत ३ वर्षदेखि न्यूनतम सहयोग गरे पनि यो वर्षदेखि सम्पूणर् सहयोग काटिदिएको छ । भवन निर्माणको लागि गत वर्ष ५० लाख रुपैयाँ छुट्याएकोले यो वर्ष उक्त रकम पनि काटिएको छ,’ सरिताले भनिन् ।
उनी नीलसागरले छैठौं वर्षिक उत्सव मनाउँदै गर्दा कतै संस्था बन्द गर्नु पर्ने स्थिति आउने हो की भन्ने चिन्तामा छिन् । उनले भनिन्, ॅयो वार्षिक उत्सव मनाउँदै गर्दा कतै संस्था बन्द गर्नुपर्ने हो कि भन्ने कुराले मलाई सताइरहेको बेला वार्षिक उत्सव तथा चाडपर्व नजिक आइरहेको हुँदा नीलसागर सेवाश्रम यति बेला समस्यामा जुधिरहेको छ ।’
उनले वार्षिकोत्सव कार्यक्रममा पनि सातोैंमा प्रवेश गरिरहता आश्रमको आफ्नै भवन नहुनुको पीडा र विगत जस्तो थोरै जनामा संचालन गरेर सुरु गरेको निलसागर हिजोआज हजारौं जनाको बासस्थान र थुप्रै ठाउँमा शाखा बिस्तारले आश्रम चलाउन निकै ग्राहो भएको बताइन् । उनले नीलसागरमा नेपालगन्जवासीको ठूलो सहयोग रहेको बताउँदै सरकारी ओदामा बसेर नीलसागरलाई असहयोग गर्नेको लहरले अहिले पालनपोषणमा निकै समस्या आएको बताइन् ।