ट्विटरले हटायो साढे तीन हजार कर्मचारी
Saturday, November 5th, 2022, 12:39 pm
Kalpristha
एजेन्सी : सामाजिक सञ्जाल ट्विटरका नयाँ मालिक एलन मस्कले आफ्ना ७ हजार ५ सय कर्मचारी मध्ये आधालाई हटाएका छन् । एएफपी अनुसार कम्पनीले शुक्रबार ५० प्रतिशत कर्मचारी कटौती गरेको हो ।
मस्कले लागत घटाउनको लागि ट्वीटर इंकमा आधा कार्यबल कटौती गर्ने बताउँदै आएका थिए । उनले कम्पनीले चार मिलियन डलर गुमाएकोले कर्मचारी कटौतीको विकल्प नरहेको बताएका छन् ।
यसअघि ट्वीटरका सिइओ मस्कले आफ्ना अन्य कम्पनीका कर्मचारीलाई सामाजिक सञ्जाल काम गर्न अख्तियार प्रदान गरेको विवरण सार्वजनिक भएको थियो । यसमा टेस्लाका ५० कर्मचारीहरू समावेश छन् ।
ट्विटरले आफ्ना कर्मचारीहरूले कार्यालयहरू केही समयका लागि बन्द हुने र कर्मचारीहरूले पाउने पहुँच पनि रोकिने बताएको छ ।४४ अर्ब अमेरिकी डलरमा ट्विटर किनेका मस्कले मालिक बनेसँगै सिइओ सहित उच्च कर्मचारीलाई बर्खास्त गरेका थिए ।
ट्विटरको खर्च कटौती गर्न उनले कर्मचारी हटाउन लागेका हुन् । खर्च कटौती गर्ने, निलोटिक बापत् मासिक ८ डलर शुल्क लिने र ट्विटरबाट किनमेललगायत दैनिक जीवनका धेरै काम गर्न सकिने सुपर एप बनाउने मस्कको योजना छ ।
यसैबीच मस्कले ट्वीटरको कम आम्दानीका लागि अभियन्ता समूहहरूलाई दोष दिएका छन् । कम्पनीले खर्च कटौती गर्न कर्मचारी कटौती गरेसँगै अभियन्ता समूहहरूले विज्ञापनदाताहरूलाई ट्विटरको आय कटौती गर्न दबाब दिइरहेको मस्कले आरोप लगाएका छन् ।