मानव अधिकारको आडमा कानुन उल्लघंन गर्दै खान
Tuesday, November 8th, 2022, 5:55 pm
Kalpristha
मानव अधिकार जस्तो संस्थाको नेतृत्व गरेको ब्यक्तिले कुनै उम्मेदवारको विरुद्धमा बोल्नु आचार संहिता विरुद्ध भएको भन्दैं उनी विरुद्ध परेको उजुरीमा अनुसन्धान गरिरहेको छ ।
खानले उम्मेदवार बादशाह कुर्मीलाई गाली गलौच गर्दै भोट नहाल्न सार्बजनिक रुपमा अभिब्यक्ति दिएकी थिइन ।
मावन अधिकारको नाममा निर्वाचन आचार संहिता उल्लघन गरेपछि रुबि खान विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । खानले पत्रकार सम्मेलन गर्दै आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा प्रदेश सभा सदस्य पदका एक उम्मेदवारलाई भोट नहाल्न सार्वजनिक रुपमा अपिल गरेकी थिइन् ।
खान यसअघि पनि विभिन्न घटनामा विवादित हुँदै आएकी छिन् । उनले मानव अधिकार संस्थाको नाममा गैरजिम्मेवारी पुर्ण काम गर्दै आएको आरोप लाग्ने गरेको छ ।
मानव अधिकार जस्तो संस्थाको नेतृत्व गरेको ब्यक्तिले कुनै उम्मेदवारको विरुद्धमा बोल्नु आचार संहिता विरुद्ध भएको भन्दैं उनी विरुद्ध परेको उजुरीमा अनुसन्धान भैरहेको छ ।
खानले उम्मेदवार बादशाह कुर्मीलाई गाली गलौच गर्दै भोट नहाल्न सार्बजनिक रुपमा अभिब्यक्ति दिएकी थिइन । उनको अभिव्यक्तिले निर्वाचन आचार संहिता उल्लघन गरेको भन्दैं खान अध्यक्ष रहेको महिला अधिकार मञ्चको बारेमा आयोगले अनुसन्धान गरिरहेको बताएको छ ।
मञ्चकी अध्यक्ष रुबी खानविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जले कारबाही प्रक्रिया अगाडी बढाएको हो । केहीदिन अघि मञ्चकी अध्यक्ष खानले पत्रकार सम्मेलन गर्दै बाँके प्रदेश सभा–३(२)का उम्मेदवार बादशाह कुर्मीमाथी गाली गलौच गर्दै भोट नहाल्न सार्बजनिक रुपमा अभिब्यक्ति दिएर आचार संहिता उल्लंघन गरेको भनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेसँगै कारबाही प्रक्रिया अगाडी बढाइएको हो ।
जिल्ला आचार संहिता अनुगमन समितिका अनुगमन अधिकृत खडानन्द अधिकारीले रुबी खान अध्यक्ष रहेको उक्त एनजिओ माथी कारबाही प्रक्रिया अगाडी बढाइएको जानकारी दिए ।
सोही विषयमा उजुरी परेपछि कारबाही प्रक्रिया अगाडी बढाइएको उनले बताए ।
‘कुनैपनि उम्मेदवार विरुद्ध अर्काे उम्मेदवार वा संघ संस्थाले गाली गलौच गर्न पाउँदैन,’ उनले भने ‘महिला अधिकार मञ्चका विरुद्ध आयोगमा उजुरी परेपछि स्पष्टीकरण सोध्ने तयारीमा छौं ।’
जिल्ला आचार संहिता अनुगमन समितिका संयोजक एवम् मुख्य निर्वाचन अधिकृत धनसिंह महरले कुनैपनि उम्मेदवार र निकायले उम्मेदवारका विरुद्ध अभिब्यक्ति दिन नपाउने कुरा स्पष्ट उल्लेख रहेको बताउँदै महिला अधिकार मञ्चले आचार संहिता विपरित पत्रकार सम्मेलन गरेर अभिब्यक्ति दिएकाले उजुरीका आधारमा कारबाही प्रक्रिया अगाडी बढाइएको निर्वाचन अधिकृत महरले बताए । उनले भने, ‘हामी महिला अधिकार मञ्चमाथी कारबाही गर्ने प्रक्रियामा छौं । आयोगले यस विषयमा उचित निर्णय लिनेछ ।’
अधिकारकर्मी खान यसअघि पनि विभिन्न विवादित मुद्दामा संलग्न भएको आरोप लाग्दै आएको छ । उनले मानव अधिकार नामको संस्थाका नाममा गलत क्रियाकलाप गर्दै आएको खानलाई आरोप लाग्ने गरेको छ ।