पर्यावरण जोगाउन सन्देश दिदैं युवाहरु
Thursday, December 22nd, 2022, 10:22 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ७ पुष
पर्यावरणलाई स्वच्छ राख्न सन्देश दिदैं नेपालगन्जमा बिहिबार बृक्षारोपण गरिएको छ । विइ फर चेन्ज We for Changनामक संस्थाले ‘हरियो पुस्ता’ अभियान अन्तर्गत बृक्षारोपण गरेको हो । त्यसअघि नेपालगन्जमा साईकल याली गरिएको छ ।
नेपालगन्ज विपी चौकबाट सुरु भएको साईकल रयाली गणेशमान चोक, भेरी प्राविधिक शिक्षालय हुँदैं नेपालगन्ज उप–महानगरपालिकाको वडा नम्बर १२ स्थित चिल्ड्रेन पार्कमा गएर सम्पन्न भएको थियो । करिब ६० जनाको सहभागितामा नेपालगन्जको १२ नम्बर वडामा रहेको चिल्ड्रेन पार्क र नेपालगन्ज अभियसन म्युजियम भएको सार्वजनिक स्थानमा बृक्षारोपण गरिएको हो ।

………….

…………
पर्यावरणलाई सुधार गर्न र जोगाउँन युवा पुस्ता जागरुक हुनु पर्छ भन्ने सन्देश दिनको लागि कार्यक्रम आयोजना गरिएको विइ फर चेन्जको लुम्बिनी प्रदेश संयोजक श्वेता गुरुङले बताईन । उनले भनिन,‘स्वास्थ्य राम्रो बनाउन साइक्लिङले सहयोग गर्छ । बृक्षारोपणले वातावरणलाई जोगाउन सहयोग गर्छ । पर्यावरणमा भैरहेको परिवर्तनको बारेमा युवा पुस्ता, किशोर–किशोरी र बालबालिकाले थाहा पाउनु पर्छ । यस बारेमा हामी जागरुक हुनु पर्छ भन्ने हामी सन्देश दिन खोजिरहेका छौं ।’
अभियानमा सरिक हुन नेपालगन्जका साइक्लिस्ट, बालबालिका, किशोर–किशोरी र वातावरणसँग सम्बन्धित अभियन्ताहरु बिहानै नेपालगन्जको बिपी चोकमा जम्मा भएका थिए । पछि उनीहरुको सक्रियतामा बृक्षारोपण गरिएको थियो । कार्यक्रम संयोजक श्वेताका अनुसार चिल्ड्रेन पार्कमा गुल्मोहर, अमला, ३१, सर्पगन्धा, निम, बेल, कपुर र कल्लीका विरुवा बृक्षारोपण गरिएको छ । उनले भनिन,‘हाम्रो अभियानमा साथ दिनु हुने सम्पुर्णलाई धन्यवाद । सबै क्षेत्रका अगुवाहरु वातावरणको बारेमा जागरुक भए हामीले पर्यावरणलाई सुधार गर्न सक्छौं ।’