लिगको सुस्ततासँगै नेपाली फुटबलमा देखापरेको अन्यौलता
Friday, December 23rd, 2022, 7:36 pm
Kalpristha
जी. थापा
नेपाली फुटबलको अवस्था कस्तो छ भन्ने कुरा विगतदेखिको सहिद स्मारक ए डिभीजन लिग प्रतियोगितालाई पुनरावलोकन गरे पुग्छ । हरेक वर्षजसो लिगको मिति सर्ने र स्थगन हुने नियति नेपाली फुटबलको लागि सरुवा रोगभैंm बनेको छ । निर्धारित समयमै लिग आयोजना गर्दा के कुराले बाधा दिन्छ भन्ने कुराको स्पष्ट अध्ययनबिना वर्षौदेखि लिगको मिति तोक्ने र सार्ने क्रम रोकिएको छैन् । यस पटकको लिगको मिति सर्ने निश्चित भइरकेको छ भने लिग हुने हो कि होइन भन्ने कुरामा स्वयँ एन्फा पदाधिकारीहरुमा अन्यौलता देखिएको छ ।
लिग भनेको फुटबलको मुटु हो । अर्को शब्दमा भन्ने हो नेपाली फुटबलको मेरुदण्ड पनि हो–लिग प्रतियोगिता । मुटु र मेरुदण्ड नै कमजोर भइदियो भने त्यसको क्षमता र दक्षतामाथि नै प्रश्न गर्नुपर्ने हुन्छ । प्रश्न यस अर्थमा गर्नुपर्ने हुन्छ भने, नेतृत्व केका लागि ? पद भनेको आपैंmमा एउटा जिम्मेवारी हो । पद धारण गरिसकेपछि पदीय जिम्मेबारी बहन गर्नु सबैको नैतिक कर्तव्य हुन आउँछ । लिग नहुँदा क्लब र खेलाडीलाई बढी हानि हुन्छ वा एन्फामाथि दबाब बढ्छ ? यसप्रति कोही कसैले चासो राखेको देखिदैन् ।
आधुनिक फुटबल भनेको लिगमा आधारित फुटबल हो । लिगले खेलाडीको भविष्य बोकेको हुन्छ । लिगले राष्ट्रिय खेलाडी उत्पादनको सम्भावना बोकेको हुन्छ भन्ने कुरामा कसैको असहमति नहोला । त्यसैलो लिगले सम्भावना नै सम्भावना बोकेको हुन्छ भनियो भने पनि त्रृटि नहोला ।
अहिलेको परिप्रेक्ष्यमा लिग सबै मुलुकको लागि अपरिहार्य बनेको छ । शीर्ष डिभीजनको लिग जति स्वचालित, स्वशासित र मर्यादिन बनाउन सकियो त्यत्ति नै नेपाली फुटबलको विकासमा टेवा पुग्ने देखिन्छ । वर्षेनी लिग र गोल्डकप आयोजना गरेर फुटबललाई सक्रिय बनाउने काम मात्र भइरहेको छ । नेपाली फुटबललाई स्तरीय र व्यावसायिक कसरी बनाउने भन्ने कुरा केवल बहसको विषय बनेको छ ।
फुटबलको सुन्दरता भनेको नै रचनात्मकता हो । फुटबललाई रचनात्मक बनाउन नेतृत्वको भूमिका पनि रचनात्मक हुनुपर्यो । नेपाली फुटबलमा केही भएकै छैन् भन्न मिल्दैन् । सार्क मुलुकमा नेपाली फुटबलको आप्mनै गरिमा र साख छ । भारत, बंगलादेश, मालदीप्सको घरेलु लिग नेपालको भन्दा बलियो भएपनि नेपाली फुटबलको स्थान कमजोर मानिदैन् ।
समयमा लिग नहुँदा राष्ट्रिय खेलाडी उत्पादनमा कमी आएको छ । भएका राष्ट्रिय खेलाडी पनि विदेश पलायन हुने क्रम रोकिएको छैन् । तीन महिने लिग आयोजना भएपनि खेलाडीहरु चार महिनामा बेरोजगार हुने अवस्थाले निरन्तरता पाइरहँदा सन्तुष्टि हुने वातावरण देखिदैन् । वर्षको दुई तिहाई समय खेलाडीहरु क्लबविहीन भइरहँदा खेलाडीको मनोबल खस्नु स्वभाविकै हो । खेलाडीको मनोबल खस्कनु भनेको नेपाली फुटबलकै स्तर खस्कनु भनेर बुभ्mनुपर्ने हुन्छ ।
एन्फाको बिधान संशोधन गरेर भएपनि आगामी दिनमा लिगलाई बाध्यकारी बनाउन पहल गरिनुपर्छ । त्यस्तै ए डिभीजन क्लबहरुको सहभागितालाई अनिवार्य शर्तको रुपमा अगाडि सार्नुपर्दछ । एन्फा वा क्लबले अनिच्छा देखाएर लिगको मिति सार्ने वा लिग स्थगित गरिने परम्परा तोड्नका लागि भएपनि लिग नियमावलीमा बाध्यकारी शर्तहरु समेटिनुको विकल्प छैन् ।
राष्ट्रिय खेलाडी अन्जन विष्ट समयमै लिग आयोजना हुनुपर्छ भन्ने मान्यता राख्छन् । फुटबलको अभिभावक संस्था एन्फाले समयमै लिग आयोजना गरिदियोस भन्ने उनको आग्रह छ । उनी अगाडि भन्छन््, एन्फा र क्लबबीच आपसी समझदारीको अभावमा विगतदेखि नै लिग रोकिएका छन् । यही अवस्थामा नेपाली फुटबलको स्तर बढ्छ र ? यही स्थिति रहिरहे हाम्रो देशको फुटबल कहाँ पुग्ला ? क्लब पदाधिकारी र एन्फा यसप्रति गम्भिर नभएको उनको गुनासो छ ।
पूर्व राष्ट्रिय खेलाडी प्रकाश बुढाथोकी पनि समयमा लिग नहुने अवस्थाप्रति फेसबुक वालमा आप्mनो पीडा पोखेका छन् । लिगमा सहभागी हुँदा यदि क्लबलाई आर्थिक भार हुन्छ भने सकेसम्म लिग नखेलेकै राम्रो भन्ने तर्क राख्छन् । अनि लिग समयमा गराउन नसक्ने भए एन्फाको गरिमामय पदमा केका लागि बस्ने भन्ने प्रश्नसमेत गरेका छन् ।
नेपाली फुटबल उभो नलाग्नुमा शेर्पा नेतृत्व वा नेम्वाङ नेतृत्वको पाटोलाई मात्र जोडेर हेर्नु भुल हुनेछ । पहिले पहिले पनि दुई सिजन/तीन सिजन लिग रोकिएकै हो । एउटै कार्यकालमा गणेश थापा नेतृत्व एन्फा र गिता राणा नेतृत्व एन्फा देखिएको हो । दुबै नेतृत्वले आ–आप्mनो तरिकाले लिग गराउने खेलाडी विभाजन गराएर नेपाली फुटबललाई धाराशाही बनाएको इतिहास छँदैछ । गणेश थापा र गिता राणा जिवितै हुनुहुन्छ । उनीहरुलाई त्यो बेलाको लिगको अवस्थाबारे सोध्दा पनि हुन्छ ।
हरेक वर्ष गरिने शीर्ष डिभीजनको लिगलाई कसरी छरितो, प्रभावकारी र विश्वसनीय बनाउन सकिन्छ भन्ने विषयमा सबै पक्षको एकै मत रहेको छ । तर पनि समयमै लिग आयोजना हुन नसक्नुका मुल कारणहरु के के हुन् भन्ने कुरामा सहमत हुनैपर्ने हुन्छ । क्लबहरुले तयारी खर्च समयमा नपाउनु, एन्फाले लिगको मुख्य प्रायोजक नपाउनु भन्ने कुराहरु भनेको पहिलेदेखिको रेडिमेट समस्याहरु हुन् । यी कारणहरुलाई वर्षेनी आयोजना हुने लिग प्रतियोगिताको स्थायी प्रकृतिका तगारो मान्न सकिन्न ।
शीर्ष डिभीजनको क्लबहरु राजधानी केन्द्रित हुँदा नेपाली फुटबल वर्षौदेखि काठमाडौंमै रुमलिएको छ । झापा, मोरङ, धरान, पोखरा, बुटवल लगायतका खेलाडीहरु पनि काठमाडौंमा रहेका क्लबहरुमा आबद्ध भई लिग खेल्दै आएका छन् । एन्फाले पनि लिगलाई उपत्यकाबाहिर लैजान साहस जुटाएको छैन् । लिगलाई होम एण्ड अवेको अवधारणामा लैजाँदा समय लम्बिने र क्लबहरुको खर्च बढ्ने अवस्थाले पनि सबै पक्षलाई पिरोलेको छ ।