एक उद्यमी मानसिकता विकासको खेती
Friday, December 23rd, 2022, 8:12 pm
Kalpristha
पदम विष्ट
कुनै पेशा,व्यवसाय,लगानी,रोजगार प्रति दृण्ड इच्छा,जोश,जागर,बौदिक क्षमता,सहायक समुह,को नेतित्व गरी नयाँ विचारलार्ई आर्थिक क्षमता अनुसार मुर्तरुप दिने कार्यलाई एक उद्यमी मानसिकता विकासको खेती भनेर भनिन्छ । यसमा फरक किसिमको व्यवसायमा लगानी गरी त्यसको विकास विस्तार गर्न,विकास गर्दा आउने चुनौतिको सामना गर्नुपर्दछ । नया विचारलाई जोशजागरका साथ दृण्ड प्रतिज्ञा गरी सहायक समुहको नेतित्व गर्न जोखिम बहन गर्ने सक्ने क्षमता नै वास्तबमा उद्यमी को परिभाषा भित्र पर्दछ ।
आफूले जाने,पढेको,सिप सिकेको सिपलाई पूर्ण निष्ठाका साथ नयाँ ऊर्जाका साथ बौदिक क्षमता वा सिपको प्रयोग गरी त्यही नयाँ विचारलाई मुर्तरुप दिने त्यसैमा आर्थिक लगानी गरी त्यसैलाई व्यवसाय वनाएर एक संगठन बनाइ,नैतिक मुल्य मान्यतालाई आत्मसात गरी,मानव साधन स्रोतको अधिकतम प्रयोग गरी आश्वयक सहयोगी समुह भनार त्यस समुहको नेतित्व गर्ने एक कर्मचारीको रुपमा काम गर्ने सोच भएका सामुहिक लक्ष्य सहित,बफादार भएर गरीने उद्यमलाई एक उद्यमी मानसिकता विकासको खेती भन्ने गरीन्छ ।
उद्यमी हुनको लागि नयाँ विचार हुन पर्यो,त्यो विचारलाई मुर्तरुप दिन त्यस सम्वन्धी ज्ञान,जानकरी सिप बौदिक क्षमता,काम गर्ने ऊर्जा,व्यवसाय गर्ने सुरुवाती लगानी हुन पर्दछ, लगानीको जाखिम बहन गर्न सक्ने क्षमता,साहस हुनपर्दछ । यसरी यस एक संगठन बनाउनु पर्दछ,यो संगठनलाई चाहिने सहाय कर्मचारीको प्राप्ति मानवस्रोत साधनको प्राप्ति सिद्धान्तको आधारका कर्मचारीको छनौट गरी उनीहरुलाई कामको जानकारी गराएर,सगठनको नैतित मुल्यमान्यताको आधारमा व्यसायीक योजना बनाउनु पर्दछ ।
व्यवसायको योजना अनुसार संगठनको कार्य गर्नु ,नयाँ उत्पादन गर्न,त्यसलाई वजारीकरण गर्न,त्यसबाट आउने नाफाले आफनो लगानी कति समयमा उठदछ व्यवसाय ,उद्योग स्थापना गर्दा,दर्ता गर्ने प्रक्रिया देखि उत्पादन भएका सामन बेच्दा सम्म आउने समस्याको चुनौतिको कसरी समाधान गर्न सकिन्छ भनेर पहिला नै योजना बनाएर,कर्मचारीले काम गर्ने प्रक्रियाको कामको जिम्मेवारीको सिपको सिकाई प्रणाली गरिने त्यस्तोसंस्थामा सुजवुझका साथ लागि आपूm पनि एक कर्मचारी जस्तै भएर काम गर्ने मानसिकता विकास गर्न उद्यम मानसिकता विकासको खेति हो ।
उद्यमीको उदाहरणको रुपमा अमेरिकाका विलिनिर विल गेट्लाई लिन सकिन्छ उनले कम्प्पुटर प्रोगामिङलाई विन्डो अपरेटिम सिस्सटमलाई माक्रो सप्ट करपोरेशन भनाएर एक सामान्य लगानीबाट विश्वको धनि वन्ने सम्ममा सफता प्राप्त गरेका हुन यो एक उद्यम मानसिकताको जोलन्त नमूना हो,त्यस्तै अर्का फेस बुकका संस्थापक मास्र्क जुगरवर्गलाई लिन सकिन्छ ।जसले थोरै लगानिमा फेसमासबाट संसार भरिका मानिसलाई जोडने काम गरी फेसवुकका नाममा संसार भरि आफनो संञ्जाल विस्तार गर्ने त्यस्तै नेपालका विलिनियर विनोद चौधरीले सानो गुदपाक व्यवसायबाट नेपालको सबभन्दा ठूलो व्यवसायीक चौधरी गुर्पको विकास गरेका छन ।
चिनका अर्का व्यवसायी ज्याक्माले साथि सँग साठि हजार डलर सापट लिएर अलिवावा डटकम नामको अनलाइन विक्रि गर्ने कम्पनी स्थापना गरेका छन उनको विचारमा उद्यम बन्न आज कठिन छ,भोलि झन कठिन हुन्छ तर त्यस पछिका दिन सुन्दर हुन्छन । भनेर भनेका छन उनको व्यवसाय संसार भरि फैलिएको छ आज । हावट्सवका संस्थापक जोन क्याम विना लगानि नयाँ संचारको विचार,पत्र,आदन ,फोटो,भिडियो पठाउन मिल्ने सञ्चार साधनको विकास गरी एक सफल उद्यमीमा पर्दछन ।
नेपालका अर्का उद्यमी चन्द्र ढकालले कृषि विकास बैकको कर्मचारी देखि,कुरियर व्यवसाय, आइएमई मनी टान्सफर प्रा.लि. हुदै गोलवल आइएमई बैैक लि.का अध्यक्ष भएर नेपालमा उद्यमीको आर्दश व्यक्तिका रुपमा लिन सकिन्छ ।
उद्यमशील व्यक्तिले व्यवसायीक योजना वनाएर आफु दक्ष भएको क्षेत्रमा ज्ञान सिपको प्रयोग गरी व्यवसायीक योजना बनाएर उद्यम गर्दछन । व्यवसायीक योजनामा यी सामान्य शिर्षकहरु पर्दछन ।
क) कार्यकारी साराशं,ख)व्यवसायको पृष्ट भूमि,ग)वस्तुको वर्गीकरण,घ) नेतित्व समुह,ङ)बजारको योजना ,दुरदृष्टि,उद्देश्य,रणनीति,ध्यये र मुल्य,च) अनुसन्धान तरिका,आवश्यक ढाँचा ,छ) वित्तिय विवरण
१.बासलात २.आम्दानी विवरण ३.नगद प्रवाह विश्लेषण ४.अनुपात विश्लेषण,नाफा नोक्सान अनुपात क ) कार्यकारी साराशंमा व्यवसायको स्थापना मिति,ठेगाना,उद्यमीको नाम एकल ,साजेदारी ,व्यवसायको नाम,पुँजी संरचनाको सामान्य उल्लेख गरिन्त्छ ।
ख) व्यवसायको पृष्टभमि अध्ययन यस चरणमा सामान्य व्यसायको गरेको ज्ञान,सिप,अनुभवको,व्यवसाय गर्ने ,व्यक्तिको क्षमता,शिक्षा,प्राविधिक जानकारी,प्रविधिको प्रयोग गरी ,दृण्ड इच्छा शक्ति , व्यवसायको बजारिकरण,पर्वतन गर्ने तरिका पर्दछन ।
ग) वस्तुको वर्गीकरण यस चरणमा उद्यमीले उत्पादन गर्न चाहेको सामानको वगीकरण गरिन्छ,उत्पादन हुने सामानको लोगोको ढाँचा तयार गरिन्छ ,बस्तु प्याकेजिङ गर्ने,बारकोड राख्ने,प्याकेटको डिजाइन वनाउने,बस्तको मल्यु कति राख्ने निर्धारण गरिन्छ ।
घ) नेतित्व समुह यसमा उद्यम गर्नको लागि एउटा साझेदारी समुहको आवश्यकता पर्दछ ,यस संस्थापन साझेदारी मध्ये सवभन्दा बडि लगानी गर्ने व्यक्तिलाई संस्थाका अध्यक्ष वनाइन्छ ।,त्यसै अनुसार ,कम्पनी सामान्य डाइरेक्टर,मुख्य कार्यकारी अध्यक्ष,कम्पनी सचिब,कम्पनी प्रवन्धक र वित्त विभाग प्रमुख जस्ता पद विभाजन गरी त्यही अनुसारको उद्यमीको प्रोफाइल तयार गरि उसको शिक्षा,अनुभब,धर्म,वर्ग,क्षमता,अभिरुचि,इमानदारीता,मनोवृति आदिको आधारमा नेतित्व समुह वनाएर सवै उद्यमी कर्मचारीको रुपमा व्यवसायमा निश्चित समय कार्य गर्ने काम गर्न पर्दछ । व्यवसाय विस्तार भयोभने,भाटभटेनी सुपर मारकेट,सुर्य नेपाल प्रा.लि. जस्तै चल्न थाल्यो भने प्रणालीबाट काम गराइन्छ । व्यवस्थापकहरु महिना एक पटक बैठक बसेर महत्वपूर्ण निर्णय गर्ने काम उद्यमीको हुन्छ ।
ङ) बजार योजना यस चरणमा उद्यमीले उत्पादनको व्यवसायको बजारिकरण गर्दछन ,यसमा व्यवसायको दुरदृष्टि किन व्यवसाय गर्ने ,स्पष्ट मार्ग चित्र तयार गरिन्छ ,व्यवसाय बजार प्रवर्तन गरि,व्यवसायको लक्ष्य निधारण गरि,के लक्ष्य हो निर्धारण गरिन्छ ,सो लक्ष्य कहिले सम्म पुरा गर्ने,ध्ययेमा लागिन्छ ,त्यस व्यवसायको अन्तिम ख्याति कति ,कसरी,म्यक्य डोनाल्ड,केन्टुकी फ्राई चिकेक,जस्तै,व्यापारको विस्तार गरि फेन्चाइजिजको निर्माण गरि व्यवसायको दिर्धकालिन योजना बनाइन्छ ।
च) अनुसन्धान तरिका ,यस प्रणालीमा व्यवसायको प्रयोगमा ध्यान दिइन्छ ,यसरी बजारमा आफनो व्यवसायको,उत्पादनको अनुसन्धान गरिन्छ ,व्यवसायमा प्रयोग गरेको उत्पादन प्रक्रियाको बस्तुको वगीकरण गरी कुन उत्पादन कति चल्छ त्यसलाई कुन समुदायमा,हिमाल,पहाड,गाँउ,शहर,देश,विदेशमा,गरिव,धनि,मध्यम स्तर कस्ता प्रकारका ग्राहाकले मन पराउदछन । त्यो उत्पादन बनाउन प्रयोग हने मसिन,अन्य सामाग्री कस्ता हुन ,यसले व्यवसायमा कति असर गर्दछ भन्ने बारे अध्ययन गरिन्छ ।
वजारमा आफनो व्यवसाय अन्य व्यवसायमा भन्दा बलियो पक्ष के छ हेरिन्छ ,कमजोर पक्षको विश्लेषण गरिन्छ ,बजारमा नयाँ अवसरको खोजी गरिन्छ,र बजारमा व्यवसायको चुनौतिहरु के छन त्यही अनुसार अगाडि बड्ने की,स्थगन गर्ने,निर्णय गरिन्छ ।
छ) वित्तिय विवरणमा
सामान्य वित्तिय विवरण तीन महिनाको ,छ महिनाको ,नौ महिनाको र वार्षिक निकाल्ने गरिन्छ । यी यस प्रकार छन ।
१.बासलात यसमा उद्यमी गर्ने व्यक्तिको पँुजी संरचनामा,सम्पत्ति,बराबरा दायित्य र पँुजी पर्दछन ।
सम्पतिमा जग्गा,घर,गोदाम,कम्पाउण्ड,कार्यालयका फर्निचर,कम्प्युटर,पलान्ट,इक्योप्पमेन्ट,मसिन,औजार,गोदाम मोजाद,टेड्रमार्क,कपिराइट,ख्याती,मारकेटेवल सेकुरिटि,सन्डरी डेम्टरस,एकाउन्ट रिसेवल,नोट रिसेवल,कर्मचारीलाई दिएको पेस्की,नगद मौजाद बैैक र हातमा आदि पर्दछन ।
पुँजी र दायित्वमा यसमा उद्यमीले लगानी गरेको पँुजी सरचना,बैैकबाट लिएको ऋण,लामो अवधिको र छोटो अवधिको ऋणहरु,सन्ड्ररी क्रेडिर्टरस,विल्स पेयवल्स,नोट पेयवल्स,कर्मचारीलाई दिनु पर्ने तलव ज्याला,विक्रिमा खर्च घटाएपछिको नाफा,रिजर्व,रिटेन अन्र्निङ आदि पर्दछन ।
२.आम्दानी विवरणमा
यसमा उद्यमीले गरेको विक्रि संकलनबाट, खर्चहरुमा,कर्मचारीमा ज्याला,तलव,भत्ता,अत्तिरित्त सयम काम गरेको तलव,विजुली बत्तिको विल,पानीको विल,कार्यलयको उपकरणको भाडा,प्रशाशनिक खर्च,विक्रि गरेका सामानको लागत,उत्पादन गर्दा लागेको लागत,व्याज खर्च,हस कटि गरि बाँकि रहेको नाफामा कर घटाएर खुद नाफा आउदछ ।
३.नगदप्रवाह विवरण
यसमा नगद प्रवाह सञ्चालन क्रियाकलापबाट प्राप्त नगद प्रवाहरु
यसमा व्यवसायमा आउने नगद प्रवाह र जाने नगद खर्च पर्दछन । आउने नगद प्रवाहमा विक्रिबाट प्राप्त नगद,उधारो विक्रिको नगद,कमिशन,खराव कर्जा असली,आकस्मीक नगद,र जाने नगदमा ,सामान किनेको लागत ,ज्याला,तलव,विक्रि,तिर्नुपर्ने शुल्क,कर दायित्य,पहिलो बर्षको नोक्सानी र अन्य तिर्नु पर्ने नगद पर्दछन ।
आउने नगद प्रवाहबाट जाने नगद प्रवाह घटाएर,पछि नगद प्रवाह व्यवसाय सञ्चालनबाट भएको पाइन्छ ।
नगद प्रवाह लगानीबाट यसमा घर जग्गामा गरेको लगानी बृद्धि,सम्पक्ति खरिद गर्दा नगद प्रवाह घटदछ भने सम्पत्ति बेच्दा नगद प्रवाह बट्दछ । बडेको नगद प्रवाहबाट घटेको नगद प्रवाह विवरण नै लगानीबाट प्राप्त नगद प्रवाह हो ।
नगद प्रवाह वित्तिय क्रियाकलापबाट यसमा व्याज,डिभिडेन्ट आम्दानी,बोण्ड,डीवेच्चर,साधारण शेरको निष्काशनबाट नगद आउछ भने व्याज खर्च,डिभिडेन्छ ,बोण्ड,डीबेच्चर,साधारण शेर को भुक्तानीबाट नगद जान्छ ।
यसरी नगद सञ्चालन,लगानी र वित्तिय विवरणबाट प्राप्त नगदको योगफलमा हातमा र बैंकमा भएको नगद जोडे भने जम्मा व्यवसायको नगद आम्मदानी आउदछ ।
४.अनुपात विश्लेषण,नाफा नोक्सान अनुपात
यसमा कम्पनीको विभिन्न अनुपातको विश्लेषण गरिन्छ,सम्पत्ति र दायित्वको अनुपात २:१ भए राम्रो मानिन्छ । त्यस्तै तरलता ,नगद अनुपात, एसीड टेष्ट अनुपात चालु सम्पत्ति र दायित्वको अनपात १:१ भएको राम्रो मानिन्छ ।
लगनी र सम्पत्तिको अनुपात,नाफा र विक्रिको अनुपात,दायित्व र सम्पत्तिका अनुपात लागत र नाफा बरावरको स्थितिको ,चाहिएको नाफा,कर पछिको नाफा जस्ता अनुपात विश्लेषण गरिन्छ ।
यसरी उद्यमी मानसिकताको विकासको लागि यी सबै चरण पार गरे पछि नाफा नोक्कसान कति प्राप्त भयो भन्ने यकिन गरिन्छ ।
यसरी दृण्ड इच्छा शक्ति,नयाँ जोश,जागरका साथ ,बौदिक क्षमताको प्रयोग गरि,निष्ठावान भएर गरेको व्यवसाय,लगानी र त्यस व्यवसायलाई रोजगारीको रुपमा आम्दानीको रुपमा सहायकहरुको सहयोगमा व्यवसायको नेतित्व गर्ने क्षमतालाई एक उद्यम मानसिकता विकासका खेतिको हो भनि प्रमाणित गरिन्छ ।
–लेखक पदम बहादुर विष्ट व्यवस्थापन विषयका अध्यापक हुन ।