लाइन्स क्लबले गर्यो ३ सय बढीको नि:शुल्क चेकजाँच
Saturday, April 8th, 2023, 5:43 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २५ चैत
शनिबार बाँकेको नेपालगन्जमा लाइन्स क्लब अफ नेपालगन्ज युनिटीले नि:शुल्क स्वास्थ्य परीक्षण शिविरको आयोजना गरेको छ । नेपालन्ज युनिटीले नेपालगन्ज उप–महानगरपालिकाको वडा नम्बर २० मा नि:शुल्क चेकजाँचसहित औषधि वितरण गरेको लाइन्स क्लब अफ नेपालगन्ज युनिटीकी अध्यक्ष विन्दु चर्तीमगरले जानकारी गराएकी हुन् ।
शिविरमा गाइने, बालबालिका, नाक, कान, घाटी तथा जनरल चेकजाँच भएको अध्यक्ष चर्तीमगरले बताइन् । शिविरमा नाक, कान घाटी विशेषज्ञ डा. अन्शु शर्मा, गाइने विशेषज्ञ डा. पुनम आचार्य, फिजिसियन डा. शंकर केसी र बालरोग विशेषज्ञ डा. समिर माहासयलगायत ११ जना स्वास्थ्यकर्मीको टोलीले चेकजाँच गरेको थियो ।

………….
नेपालगन्ज युनिटीले आयोजना गरेको शिविरमा ३ सय ७५ जनाले सेवा लिएका छन् । जसमध्ये ३ जनामा स्वास्थ्य समस्या देखिएकाले लाइन्स क्लबको सहकार्यमा उनीहरुलाई अस्पतालमा रिफर गरिने अध्यक्ष चर्तीमगरले बताइन् ।
शिविरमा बालबालिकाको सहभागी धेरै रहेको र महिलाहरुमा पाठेघर सम्बन्धी समस्या धेरै देखिएको चर्तीमगरले बताइन् । मगरले वडा नम्बर २० फेरि अर्को चरण पनि स्वास्थ्य शिविर नेपालगन्ज कमिटीले छिट्टै संचालन गर्ने बताइन् ।