विन्दु आदिवासी जनजाती विभाग सदस्यमा मनोनित
Sunday, May 14th, 2023, 10:19 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३१ वैशाख
नेपालगन्जकी समाजसेवी विन्दु चर्तीमगरलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्यालयले आदीवासी जनजाती विभाग सदस्य पदमा मनोनयन गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको विधान बमोजिम चर्तीमगरलाई आदिवासी जनजाती विभागको सदस्यमा मनोनयन गरेको पार्टीले जनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले व्यवसायी चर्तिमगरलाई मनोनयन पत्र प्रदान गरेका थिए । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर–२० निवासी चर्तिमगर नेपालगन्ज उद्योग वाणिज्य संघ सदस्य पनि हुन् । राप्रपाको विभिन्न जिम्मेवारी रहेर काम गर्दै आएकी चर्तिमगर राप्रपाको चर्तित महिला नेतृ हुन् ।
आदिवासी जनजाती विभाग सदस्य पदमा मनोनित भएपछि चर्तिमगरले पार्टीलाई धन्यवाद दिदैं आफुलाई दिइएको जिम्मेवारी पुरा गर्ने बताएकी छिन् । उनले भनिन,‘राप्रपाको आदिवासी जनजाति विभागमा मलाई विश्वास गरी केन्द्रिय सदस्यमा मनोनित गरेकोमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र विभाग अध्यक्ष दिपक राई प्रति हार्दिक आभार प्रकट गर्दछु । पार्टीले दिएको जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’