विद्यालय व्यवस्थापन समितीका अध्यक्षहरुसँग छलफल
Wednesday, May 17th, 2023, 7:49 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३ जेठ
जानकी गाउँपालिकाले बुधवार विद्यालय व्यवस्थापन समितीका अध्यक्षहरु सँग एकदिने छलफल तथा अन्तक्रिया कार्यक्रम गरेको छ । जानकी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा विध्यालय व्यवस्थापन समितीका अध्यक्षहरु सँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रममा अधिकांश विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले खानेपानीको व्यवस्थापन गरिदिनुर्ने, विद्यालयमा हुने चोरी नियन्त्रण गर्न बाउन्ड्रीको व्यवस्था गरिदिनुपर्ने, चौकीदारको व्यवस्था मिलाउनुपर्ने, कार्यालय सहयोगी पनि थप गरिदिनुपर्ने, मदरसाको लागी पनि अन्य विद्यालय सरह शिक्षक र तलवको व्यवस्था हुनुपर्ने, विध्यालय व्यवस्थापन समितीका कमीकमजोरी मात्र नऔल्याई गाउँपालिका र सम्वन्धित निकाय पनि सजग हुनुपर्ने बताएका थिए ।
सो अवसरमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत सिँहराज डाँगीले गर्मी महिना आईराखेकाले पहिला विद्यालयको कक्षा कोठा, विद्यार्थीका लागी फ्यान व्यवस्थापन, कक्षा कोठामा विद्यार्थीको लागी बस्ने बेन्च तथा कार्पेटको व्यवस्थापन गरिने बताए । साथै उनले विद्यार्थीहरुको लागी सफा शौचालय हुनुपर्ने समेत जोड दिए । विद्यालयको सन्चालनमा विद्यालय व्यवस्थापन समितीका अध्यक्षहरुले आफ्नो अधिकार निर्धक्कताका साथ प्रयोग गरि राजनितिक दवाबमा नपरी अगाडी बढेमा प्रमुख प्रशासकिय अधिकृतको हैसियतले सहयोग गर्ने समेत बताए ।
शिक्षा, युवा तथा खेलकुद शाखाकी प्रमुख कृष्णा कुमारी भण्डारीले शिक्षा क्षेत्रको विकासका लागी आउने निती तथा कार्यक्रमको लागी ४ करोड बजेट योजना गरेको बताईन । यसैविच सामाजिक विकास समितीका संयोजक राम आँचल धोवीले कतिपय विद्यालय व्यवस्थापन समिती शिक्षकहरुले नै चलाएको पाईएको बताए ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्षहरुले स्वयंम पालिकामा विध्यालयको समस्या लिएर आउनुपर्ने समेत उनले बताए । समस्या भएका विद्यालयमा वजेट गएको बताउँदै आउने आर्थिक वर्षमा अहिलेसम्म बजेट नपुगेका विद्यालयहरुमा बजेट हाल्ने बताए । कार्यक्रममा पालिकाकाका अध्यक्ष छब्बन खाँ, कार्यपालिका सदस्य राजेन्द्र सिँह, ४ का वडा सदस्य मो शरिफ खाँ, परामर्शदाता शोहराव अलि दर्जी, योजना शाखा प्रमुख शोभा पौडेल, शिक्षा, युवा तथा खेलकुद शाखाकी झुमा वली, विद्यालय व्यवस्थापन समितीका अध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो ।