प्रशासकिय अधिकृत डाँगीमाथि हातपात
Saturday, May 20th, 2023, 6:00 am
Kalpristha
घटनाको विषयलाई लिएर शुक्रबार जानकी गाउँपालिकाको कार्यपालिका बैठक बसेको थियो । बैठकले प्रशासकिय अधिकृतलाई दुव्र्यवहार गर्दै अनुशासन उल्घन गरेको भन्दैं तिन जना शिक्षकहरुलाई २४ घण्टाभित्र जवाफ दिने गरी स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ जेठ
जानकी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिृकत र शिक्षकहरु बिच विवाद उत्पन्न भएको छ । बिहिबार जानकी गाउँपालिकाको शिक्षा शाखाको बैठकमा प्रमुख प्रशासकिय अधिकृत सिंह राज डाँगीलाई शिक्षकहरुले हातपाद गर्दै दुव्र्यहार गरेका थिए । तर बैठक सकिएपछि जानकी गाउँपालिकाका केहि शिक्षकहरुले आफुहरुमाथि दुव्र्यवहार भएको भन्दै विज्ञप्ती निकाले ।
मानपुर स्थित जानकी गाउँपालिकाको शिक्षा समन्वय शाखामा विहिबार बैठक बोलाइएको थियो । बैठकमा पालिकाका प्रअ, शिक्षक र गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत, शिक्षा शाखाका कर्मचारी लगायतको उपस्थिती रहेको थियो । बैठक सुरु भएको केहि बेरमै प्रअ यशोधा धिताल सहितका केहि महिला शिक्षकले डाँगीलाई बैठक चलिरहेका बेला हातपात गरेका थिए । पछि बैठकमा उपस्थित भएका अन्य शिक्षकले हातपातमा उत्रिएकालाई रोक्दै प्रशासकिय अधिकृत डाँगीलाई हलबाट बाहिर लगेका थिए ।
त्यसपछि जानकी गाउँपालिकाका ४१ जना शिक्षकहरुले संयुक्त रुपमा विज्ञप्ती निकाल्दैं प्रमुख प्रशासकिय अधिकृत डाँगीले शिक्षकहरुलाई हप्काउने, धम्की दिने, दुव्र्यवहार गर्ने र अपमान गर्ने लगायतका क्रियाकलाप गरेको भन्दैं उनलाई कारबाही हुनु पर्ने माग राख्दै विज्ञप्त निकालेका थिए । डाँगीले शिक्षकहरु प्रति गरेको दुव्र्यवहारको घटनालाई लिएर जिल्ला प्रहरी कार्यालय बाँकेमा समेत उनीहरुले उजुरी दिएका छन् ।
प्रशासकिय अधिकृत डाँगीले यसअघि पनि कार्यालय सहयोगीलाई शौचालयमा थुनेको उनीहरुले आरोप लगाएका छन् । तर बिहिबार भएको घटनामा भने डाँगी माथि नै कुटपिट भएको बैठकमा सहभागि भएका केहि शिक्षकहरुले बताएका छन् । घटनाको विषयलाई लिएर शुक्रबार जानकी गाउँपालिकाको कार्यपालिका बैठक बसेको थियो । बैठकले प्रशासकिय अधिकृतलाई दुव्र्यवहार गर्दै अनुशासन उल्घन गरेको भन्दैं तिन जना शिक्षकहरुलाई २४ घण्टाभित्र जवाफ दिने गरी स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले घटनाको विषयलाई लिएर कार्यपालिका बैठक बसेर समस्याको समाधान गर्ने प्रयास गरेको बताए । अध्यक्ष खाँले भने, ‘प्रशासकिय अधिकृतमाथि हातपात हुनु निन्दनीय कुरा हो । यसमा संलग्नलाई हामी कारबाही गर्नेछौं । हामी दुबै पक्षलाई अब छलफलमा बोलाउनेछौं । त्यसपछि थप कुराको निर्णय गछौं ।’ घटनाको विषयमा प्रमुख प्रशासकिय अधिकृत डाँगीलाई फोन मार्फत सम्पर्क गर्दा उनले प्रयोग गर्ने मोबाइल अफ गरिएको थियो ।
गाउँपालिका स्रोत अनुसार प्रशासकिय अधिकृत डाँगी र शिक्षकहरु बिच केहि महिना अघि पालिकाले गरेको शिक्षक सरुवाको विषयलाई लिएर मतभेद देखिएको थियो । करार शिक्षकलाई नियम अनुसार व्यवस्थापन गर्ने, सम्झौता गर्ने, दरबन्दी अनुसार व्यवस्थापन गर्ने लगायतका विषयमा शिक्षा शाखाले गरेको निर्णयमा केहि विद्यालयका प्रअ र शिक्षकहरु रुष्ट बनेका थिए । यता डाँगीले शिक्षकहरु प्रति सम्मान जनक व्यवहार नगरेको भन्दैं केहि शिक्षक र कर्मचारीहरुले असन्तुष्ट व्यक्त गर्दै आएका थिए । त्यही रिसको बदला लिनको लागि डाँगीमाथि हातपात भएको गाउँपालिकाका एक कर्मचारीले कालपृष्ठ दैनिकलाई बताए ।