नरैनापुर गाउँपालिका सँगको सहकार्यमा प्राबिधिक धार सन्चालन गरेको जयकिसानले मनायो धान दिवस
Friday, June 30th, 2023, 9:01 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ असार
बाँकेको नरैनापुर गाउँपालिका स्थित जयकिसान माविले २० औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाएको छ । धान दिवसको अवसरमा शिक्षक र विद्यार्थीहरुको बृहत्तर सहभागितामा धान दिवस मनाईएको हो ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा नरैनापुर गाउँपालिकाका आर्थिक विकास समिति संयोजक कृष्णचन्द्र मौर्यले नियमित पठनपाठनका अतिरिक्त सामाजिक–सांस्कृतिक महत्वका यस्ता कार्यक्रमहरूको आयोजनाले नयाँ पुस्तामा संस्कृतिको पुस्तान्तरण हुने बताए ।
उनले यस्ता दिवस तथा कार्यक्रमहरुले नयाँ पुस्तालाई कृषि तर्फ आकर्षित गर्ने उनको भनाई थियो ।
यसै बिच नरैनापुर गाउँपालिकाका कृषि शाखा प्रमुख सदन भण्डारीले धानदिबसको इतिहास, दिवस मनाउनुको उदेश्य, धान आयतको रास्ट्रिय अबस्था लगायत हाल राज्यले धान प्रबर्द्धनको लागि चालेको कदम र नीति तथा कार्यक्रम सम्बन्धि धारणा राखेका थिए ।
उनले नरैनापुरका किसानका लागि सिँचाइ प्रमुख समस्याका रुपमा रहेको बताउदै उनले भने,-‘नरैनापुर गाउपालिकाको कुल क्षेत्रफल मध्ये ३ हजार ९ सय ६६ हेक्टर खेतियोग्य जमिन छ । त्यस मध्ये ३ हजार ७ सय ८ हेक्टर मा खेती हुँदै आएको छ । यहाँ २६० हेक्टर जमिनमा सिचाइ सुबिधा पुगेको छ भने २५७ हेक्टरमा अझै पनि सिचाइ सुबिधा पुग्न सकेको छैन ।’
सिचाइकाे समस्या समाधानका लागि नरैनापुर गाउँपालिका लागि परेको उनले बताए ।
यसैविच कार्यक्रमका अध्यक्ष तथा जयकिसान माविका प्रधानाध्यापक सन्तोस कुमार तिवारीले यस कार्यक्रमले कृषिमैत्री वातावरण निर्माण हुने विषयमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
साथै विद्यालयमा अध्ययनरत विद्यार्थीलाई धान दिवसको महत्व बुझाउन समेत यस कार्यक्रमले सहयोग पुग्ने उनको भनाई थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तिवारी, आर्थिक विकास समिति संयोजक मौर्य, कृषि शाखा प्रमुख सदन भण्डारी, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
नरैनापुर गाउँपालिकामा अवस्थित जयकिसान माविले गाउँपालिकाकाे सहयाेगमा प्राविधिक धार तर्फ कृषि सम्बन्धि अध्ययन समेत सुरु गरिसकेको गरेकाे छ ।