गुरुकुलद्धारा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
Monday, July 3rd, 2023, 9:52 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ असार
गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक रुपमा विपन्न भएका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । गुरुकुलले सेभ द चिल्डे«न र सामाजिक विकास मञ्चसँगको साझेदारीमा उक्त शैक्षिक सामाग्री वितरण गरेको हो ।
सोमबार एक कार्यक्रमका बिच नेपालगन्जको फुल्टेक्रा मावि, कन्या मावि र आधारभुत विद्यालय धम्बोझी गरी ७ जनालाई शैक्षिक सामाग्री प्रदान गरिएको हो । गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रदिप चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ अध्यक्ष मनोज कुमार श्रेष्ठ लगायतका अतिथीले विद्यार्थीहरुलाई विद्यालयको डे«श, स्टेशनरी र खेलकुदका सामाग्री प्रदान गरेका थिए ।
उक्त कार्यक्रममा जिल्ला सहकारी संघ बाँकेका प्रबन्ध संचालक नवराज उपाध्याय, गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका वरिष्ठ सल्लाहाकार प्रेम बहादुर शाह, सामाजिक विकास मञ्चका अध्यक्ष चम्प सिंह थापामगर, संस्थापक अध्यक्ष घनश्याम उपाध्याय, फुल्टेक्रा माविका सह–प्रअ तिलक केसी, कन्या माविकी सहायक प्रअ पुष्पा सापकोटा, आधारभुत विद्यालयकी शिक्षिका गीता दियाली, गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धक टिकाराम चौधरी, कर्जा शाखा प्रमुख विष्णु नाथ योगी सहित सहकारीका संचालक र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै वडा अध्यक्ष श्रेष्ठले गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो वडामा उत्कृष्ट काम गर्दै आएको बताउँदैं विद्यार्थीलाई प्रदान गरिएको शैक्षिक सामाग्रीले आत्मविश्वास बढाउने बताए ।

…………….
आफुले स्वास्थ्य, शिक्षा सरसफाई जस्ता कुरालाई प्राथमिकतामा राखेको बताउँदै वडा अध्यक्ष श्रेष्ठले वडामा गुणस्तरीय शिक्षा आम नागरिकसम्म पुर्याउन सबै संघ संस्थासँग सहकार्य गरेर अगाडी बढने बताए । गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रदिप चौधरीले सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीले विभिन्न महत्वपुर्ण कार्य अन्तर्गत शिक्षाको क्षेत्रमा काम गरेको बताए । आगामी दिनमा वडासँग मिलेर युवाहरुलाई रोजगार सृजना गर्नको लागि अन्य कार्यहरुमा पनि सहकार्य गरेर अगाडी बढन सकिने उनले बताए ।
गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेभ द चिल्डे«न र सामाजिक विकास मञ्चसँगको साझेदारीमा घुम्ती कोष सञ्चालन गरी लक्षित वर्गका सदस्यहरुलाई सहुलियत पुर्ण ऋण परिचालन गर्दै आएको छ । त्यसबाट प्राप्त आम्दानीको केहि प्रतिसत रकम बाल अनुदान कोष स्थापना गरेर नेपालगन्जका तिन वडा सामुदायिक विद्यालयका निम्न आय स्तर भएका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको थियो ।
‘गुरुकुलको आह्वान संस्थाको उत्पादन घर घरमा पुर्याउने हाम्रो अभियान’ भन्ने नाराका साथ अगाडी बढिरहेको गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई गत वर्ष जिल्ला सहकारी संघ बाँकेले जिल्लाको उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत गरेको थियो ।
गुरुकुलले आर्थिक कारोबारसँगै हरेक वर्ष सामाजिक, शिक्षा र स्वास्थ्य क्षेत्रमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ । लक्षित वर्गको कार्यक्रम अन्तर्गत सहुलियत पुर्ण कर्जा लगानी गर्ने गरेको गुरुकुलले सहकारीका जेष्ठ नागरिकहरुलाई सम्मान, युवाहरुलाई कम्प्युटर तालिम, सरसफाई, बृक्षारोपण, रक्तदान जस्ता विभिन्न सामाजिक कार्य गर्दै आफनो सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेको संस्थाका प्रबन्धक टिकाराम चौधरीले बताए ।