समुदायमा आधारित बाल संरक्षण प्रणाली अन्तर्गत घटना ब्यवस्थापन तालिम सम्पन्न
Wednesday, July 5th, 2023, 6:35 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ असार
समुदायमा आधारित बाल संरक्षण प्रणाली अन्तर्गत घटना ब्यवस्थापन तालिम समापन भएको छ । नेपालगन्ज उप–महानगरपालिकाको आयोजनामा बालबालिकाको अधिकार र संरक्षणको क्षेत्रमा काम गर्ने ब्यक्ती तथा विभिन्न वडाका निगरानी समुहका सदस्यहरु समावेश गरि तीन दिनको तालिम आयोजना गरिएको थियो ।
बालबालिकाको क्षेत्रमा काम गर्न आफुहरु लाई अझ उत्साह थपेको र बाल अधिकार र संरक्षणको सवालको संबेदनशिलता र यसको गहिराई बुझी अझ जिम्मेवार भै काम गर्न मद्दत गरेको तालिमका सहभगीहरुको भनाई रहेको थियो ।
मध्य र सुदुरपश्चिमको ब्यापारिक र बजारिकरणको हबको रुपमा रहेको नेपालगन्ज उप–महानगरले यस्तो तालिमको आयोजना गरि बाल अधिकार र बाल संरक्षण तर्फ अघि बढ्नु सराहनिय कार्य रहेको सिविन नेपालका सिद्धराज पनेरुले बताए ।
यसै गरि तालिमको समापन समारोहमा बोल्दै नेपालगन्ज उप–महानगरपालिकाका उपमेयर तथा जिल्ला स्तरिय बालकल्याण कारिणी समितिका संयोजक कमरुद्दिन राईले बाल अधिकारको सुनिश्चिततामा घरको परिवारिक आयअर्जनले महत्वपुर्ण भुमिका खेल्ने बताए ।
यसकारण परिवारलाई आयआर्जन तर्फ उन्मुख गराउन सके बाल अधिकार समेत प्राप्त गर्न सहज हुने बताउदै तालिमको लगानीले पालिका भित्रका बालबालिकामा सकारत्मक परिवर्तन देखिने उनको भनाइृ थियो ।
समापन समारोहमा बोल्दै महिला तथा बालबालिका अधिकृत मन्जु पाण्डेले फरक फरक संस्था बाट भएता पनि बाल अधिकार र संरक्षणको सवालमा साझा बुझाईका साथ कार्य गर्नुपर्ने र आगामी दिनमा समन्वय गर्ने बताईन् ।

..