खजुरामा साताव्यापी निःशुल्क योग शिविर सम्पन्न
Thursday, November 9th, 2023, 5:19 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ कात्तिक
‘योग गरौं स्वस्थ रहौं’ भन्ने नाराका साथ खजुरा गाउँपालिकामा निःशुल्क उपचारात्मक योग शिविर कार्यक्रम सम्पन्न भएको छ । खजुरा गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्र खजुरा बाँकेको आयोजनामा भएको योग शिविर कार्यक्रम कात्तिक १७ गतै देखि सुरु भएको थियो ।
नागरिक आरोग्य सेवा केन्द्र भवनमा भएको योग शिविर बिहान ५ देखि ७ बजे सम्म एक साता सम्म चलेको थियो । योग शिविरमा १ सय भन्दा बढीको सहभागिता रहेको थियो । बिहिबार कार्यक्रम समापनकौ अवसरमा खजुरा गाउँपालिका वडा नम्बर ३ अध्यक्ष पुर्ण बहादुर भण्डारी, खजुरा गाउँपालिकाका सामाजिक संयोजक कृष्णा कुमारी पोखरेल, खजुरा गाउँपालिकाका लेखा अधिकृत प्रदिप सुनार, प्रमुख योग प्रशिक्षक तथा कविराज निरीक्षक गौरिशंकर मण्डल, योग गुरु धर्मराज पौखरेल, बोधराज प्याकुरेल, मधुवाला सुनार, दिपा केसी, सुशिला पोखरेल, शिवराज देवकोटा, खजुरा गाउँपालिका वडा नम्बर २ सचिव तारा प्रसाद अधिकारी, खजुरा गाउँपालिका सदस्य तथा न्यायिक समितिको सदस्य पार्बति विक, खजुरा आयुवेद शाखा प्रमुख किरण खनाल, नागरिक आरोग्य समिति सदस्य राधिका खत्री लगायतको उपस्थिती रहेको थियो ।