नेपालगन्ज साइक्लोथनको तयारी तिव्र
Thursday, November 30th, 2023, 6:31 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ मंसिर
नेपालगन्ज साइक्लोथन छैटौं मेयर कप साइकल दौड प्रतियोगिता–२०८० को तयारी तिव्रगतिमा भैरहेको आयोजकले जनाएको छ । नेपालगन्ज साइक्लिङ क्लबले आयोजना गर्न लागेको प्रतियोगिता आगामी मंसिर २२ गते हुँदैछ । जहाँ विभिन्न पाँच विधामा प्रतिस्पर्धा हुने आयोजक नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले बताए ।
कार्यक्रम अन्तर्गत एमटिबि पुरुष, एमटिबि महिला, साधारण साइकल पुरुष, साधारण साइकल महिला र एमटिबी स्पेसल गरि पाँच विधा तय गरि कार्यक्रम को आयोजना तिब्र पारिएको कार्यक्रम संयोजक सुरेन्द्र दिप कार्कीले बताए ।
नेपालगन्ज उप–महानगरपालिकासँगको सहकार्यमा आयोजना गरिने प्रतियोगितामा एमटिबी तर्फ खुल्ला सहभागिता आह्वान गरिएको छ । साधारण साइकल तर्फ बाके जिल्लामा बसोबास गर्नेलाई मात्रै सहभागी गराइने आयोजक नेपालगन्ज साइक्लिङ क्लबका सचिव प्रदीप सापकोटाले बताए ।
प्रतियोगितामा सहभागी हुन आयोजक नेपालगन्ज साइक्लिङ क्लबले सबैलाई आव्हान गरेको छ प्रतियोगिता बारे कुरा गराउँदैं अध्यक्ष सतिश निरौलाले भने, ‘यसपटकको प्रतियोगितामा माउन्टेन बाइकका देशभरका खेलाडीलाई सहभागी हुन आव्हान गरेका छौं । केही छिमेकी देश भारतका खेलाडीले समेत प्रतियोगितामा सहभागिता जनाउन चासो राख्दै सोधपुछ गरिरहेका छन । यस बर्षको प्रतियोगितामा भारतीय सहित नेपालका चर्चित माउन्टेन बाइकरहरु नेपालगन्ज आउने सम्भावना छ ।’

…………
साइकल खेल मार्फत शहर चिनाउने र पर्यटनलाई पनि सानोतिनो टेवा पुग्नेमा हामीले बिश्वास लिएको निरौलाले बताए । उनले थपे, ‘आगामी बर्षदेखी पुरस्कार राशीमा बिशेष आकर्षण बढाउन सके नेपालगन्ज साइक्लोथन ‘सार्क’ स्तरको आयोजना गर्न सकिन्छ । यसपटक हामी बाँके जिल्लाका सामुदायिक तथा सस्थागत विद्यालयलाई साइकल प्रतियोगितामा बिद्यार्थी सहभागी गराइदिन बिशेष आग्रह समेत गर्दछौं । खेल मार्फत स्वास्थ्यसंगै मानसिक तथा शारीरिक विकासमा समेत टेवा पुग्ने हुँदा स्वस्थ्य नेपाल निर्माणमा पनि मद्दत पुग्नेछ ।’
प्याब्सन र एनप्याब्सन लगायत शैक्षिक संस्था तथा बाँके निजि तथा सरकारी र गैरसरकारी क्षेत्रलाई साइकल अभियानमा हातेमालो गर्न उनले आव्हान समेत गरेका छन् ।