नेपालगन्जमा औषधी व्यवसायीको वृहत प्रशिक्षण कार्यक्रम सम्पन्न
Sunday, December 3rd, 2023, 1:09 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ मंसिर
नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा बाँकेले नेपालगन्जमा शनिबार वृहत व्यवसायी प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । नेपालगन्जको मजेस्टिक पार्टी प्यालेसमा भएको वृहत व्यवसायी प्रशिक्षण कार्यक्रममा सहभागी भएका औषधी व्यवसायीहरुलाई सकारात्मक सोच तथा व्यक्तित्व विकास सम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो ।
नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा बाँकेका महासचिव जीवन शर्माका अनुसार वृहत व्यवसायी प्रशिक्षण कार्यक्रममा औषधी ऐन तथा बिक्री वितरण संहिता, कर शिक्षा एवम लेखा परिक्षण सम्बन्धी विषयमा पनि प्रशिक्षण प्रदान गरिएको थियो ।
प्रशिक्षण कार्यक्रममा ३ सय ३६ औषधी व्यवसायीहरुको सहभागिता रहेको थियो । वृहत प्रशिक्षण कार्यक्रममा सकारात्मक सोचका बारेमा अन्तराष्ट्रिय प्रशिक्षक राजु घले, कर शिक्षाको बारेमा कर अधिकृत कबिन्द्र प्रसाद लम्साल, लेखा परिक्षणको बारेमा बिनय श्रेष्ठ, औषधी ऐन तथा बिक्री संहिताका सम्बन्धमा फार्मेसी निरीक्षक दिपेन्द्र कुमार शाहले प्रशिक्षण दिएका थिए । महासचिव शर्माका अनुसार कार्यक्रमले औषधी व्यवसायीहरुमा नयाँ उर्जा थपेको बताए ।
…………..
वृहत प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथीका रुपमा नेपाल औषधी व्यवसायी संघका केन्द्रिय सचिव कृष्ण बहादुर रोकाय, अतिथीको रुपमा
नेपाल औषधी व्यवसायी संघ कर्णाली प्रदेश अध्यक्ष प्रेम बहादुर भण्डारी, नेपाल औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष अभय कुमार बस्नेत, औषधी व्यवस्था विभाग नेपालगन्ज शाखा प्रमुख निनु श्रेष्ठ लगायतले शुभकामना मन्त्व्य राखेका थिए ।
………..