लिजाको उद्देश्य, विधि र प्रणालीबारे प्रशिक्षण
Monday, December 4th, 2023, 5:06 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ मंसिर
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) को उद्देश्य, विधि र प्रणालीबारे सोमबारदेखि नेपालगञ्जमा प्रशिक्षण सुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा सुरु भएको दुई दिने प्रशिक्षण कार्यक्रममा पहिलो दिन कर्मचारी र दोस्रो दिन जनप्रतिनिधिलाई अनुशिक्षण गर्ने उद्देश्य रहेको नेपालगञ्ज उपमहानगरपालिकाका लिजा फोकल पर्सन प्रविन रानाले बताउनुभयो ।
प्रदेश सुशासन केन्द्रको सहजीकरणमा आयोजित प्रशिक्षण कार्यक्रममा केन्द्रका क्षमता विकास विज्ञ बलराम शर्माले सहजीकरण गर्नुभएको छ । शर्माले डकुमेन्टेशन राम्रोसंग नगर्दा लिजामा अपेक्षित सुधार हुन नसकिरहेको बताउनुभयो । सुशासन प्रबद्र्धन र नागरिकमैत्री सेवा प्रवाहमा लिजाको महत्वपूर्ण भूमिका हुने भन्दै शर्माले कर्मचारी र जनप्रतिनिधि प्रतिबद्ध बन्नुपर्नेमा जोड दिनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले प्रशिक्षण कार्यक्रम पश्चात् डकुमेन्टेशनको काम चुस्त दुरुस्त हुने विश्वास व्यक्त गर्नुभयो । नेपालगञ्ज उपमहानगरपालिकाले लिजामा क्रमिक सुधार गरिरहेको देखिएको छ । आर्थिक बर्ष २०७६/७७ मा ४५.५ अंक हासिल भएकोमा २०७७/७८ मा ४८.५ र गत आर्थिक बर्षमा ५२ अंक हासिल भएको फोकल पर्सन रानाले जानकारी दिनुभयो । हरेक बर्ष सरकारी निकायले आफ्नो स्वमूल्यांकन गर्नुपर्ने प्रावधान अनुरुल १०० अंकभारमा १०० सूचकका आधारमा मूल्यांकन गर्ने गर्दछन् ।