सुनाखरी रेष्टुरेन्टले आफ्नो छैठौ स्थापना दिवस मनायो
Monday, April 29th, 2024, 12:24 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १७ बैशाख
नेपालगन्जस्थित सुनाखरी रेष्टुरेष्टले आफ्नो छैठौ स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । स्थापना दिवसको अवसरमा रेष्टुरेष्टले शनिबार नेपालगन्जस्थित मानव सेवा आश्रममा रहेको बृद्ध तथा अनाथ युवाहरुलाई भोजन खुवाइएको छ ।
आश्रममा रहेका ६० जना बृद्ध तथा युवाहरुलाई सुनाखरीको एक टोलीले खाना खुवाएको प्रालिका प्रबन्ध निर्देशक घनश्याम शर्माले बताउनुभयो । खाना खुवाउने कार्यक्रममा सुनाखरी रेष्टुरेन्टका अध्यक्ष पबित्र प्रकाश शर्मा, बरिष्ठ सल्लाहकार कृष्ण खनाल, शेयर सदस्य खिमलाल शर्मा, बन्धु चौधरी, पुन्य भट्टराई, प्रदिप ज्ञवाली लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो । रेष्टुरेन्टले तिनीहरुका लागि आफै खाना पकाएर लगेको थियो । सामाजिक तथा मानविय सेवाको भावनाले आश्रमका बृद्धहरुलाई भोजन खुवाइएको हो ।
यसैगरि दिवसको अवसरमा रेष्टुरेन्ट रहेको नेपालगन्ज वडा नं. १२ को कोरियनपुरm मुक्तिपुरको आप बगैचादेखि वडा कार्यालय हुदै विपी चोकसम्मको टोलको सरसफाई गरिएको छ । स्थानीय शिवशक्ति टोल सुधार समितिको समन्वयमा सरसफाई कार्यक्रम गरिएको प्रालिका प्रबन्ध निर्देशक शर्माले बताउनुभयो । उहाँका अनुसार केक काटेर स्थापना दिवस मनाइएको छ ।