रनियापुरमा वडास्तीरय क्षयरोग सुक्ष्म योजना निर्माण कार्यक्रम सम्पन्न
Tuesday, April 30th, 2024, 7:08 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, १८ बैशाख
बाँकेको खजुरा गाउँपालिका वडा नम्वर ८ रनियापुरमा वडास्तीरय क्षयरोग सुक्ष्म योजना निर्माण कार्यक्रम मङ्गलबार सम्पन्न भएको छ । खजुरा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा क्षयरोग मुक्त पालिका अभियान सम्बन्धी वडा तहमा क्षयरोग सुक्ष्म योजना निर्माण कार्यक्रम सम्पन्न गरिएको हो ।
समापन कार्यक्रमा बोल्दै खजुरा गाउँपालिका वडा नम्वर ८ रनियापुरका वडा अध्यक्ष फिरोज खानले क्षयरोग मुक्त गर्ने पालिकास्तरिय कार्यक्रम भएको बताए । साथै पालिकालाई कसरी क्षयरोगबाट मुक्त गर्ने भन्ने नै मुख्य उद्देश्य रहेको वडा अध्यक्ष खानले आफनो भनाई व्यक्त गरे ।
त्यसैगरी खजुरा गाउँपालिकाकी क्षयरोग तथा कुष्ठरोग फोकल पर्सन खुरुली चौधरीले क्षयरोग पालिकास्तरिय कार्यक्रम अन्र्तगत सुक्ष्म योजना निर्माण कार्यक्रम अन्र्तगत केहीनि अघिनै वडा समिती गठन गरिसकेको र सोही समिती मार्फत वडा नम्वर ८ लाई क्षयरोग मुक्त बनाउनका लागी ५ वटा निर्णयहरु अगाडी सारिएको छ ।
जसमध्ये आमा समुह ,क्लब आदीलाई अभिमुखीकरण गर्ने ,स्थानिय तहमा क्षयरोग सम्बन्धी पाठ्यक्रम निर्माण गर्ने ,विध्यालयमा क्षयरोग सम्बन्धी स्वास्थ्य शिक्षा कार्यक्रम संचालन गर्ने ,निजी स्वास्थ्य सँस्थालाई क्षयरोग सम्बन्धी अभिमुखीकरण गर्ने र क्षयरोगको विरामीलाई मासिक रुपमा पोषण खाध्य सामाग्री वितरण गर्ने उनले बताईन ।
वडा अध्यक्ष फिरोज खानको सम्योजकत्वमा भएको कार्यक्रममा वडा सदस्य मोहनिफ खान , वडा सदस्य मोहन थारु,क्षयरोग मुक्त अभियान सम्योजक अमोल पछल्डङ्गीया , रनियापुर स्वास्थ्य चौकीका प्रमुख पृथ्वीनाथ योगी ,सि.अ.न.मी शान्ती पराजुली ,सि .अ. हे. ब कर्ण प्रसाद आचार्य ,सि.अ.न.मी निरु थापा , स्वयम सेविकाहरु लगायत स्थानियहरुको उपस्थिती रहेको थियो ।