जानकीमा सूचना प्रविधी सम्वन्धी क्षमता विकास तालिम सुरु
Wednesday, May 1st, 2024, 6:37 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
जानकी, १९ बैशाख
जानकी गाउँपालिका बाँकेद्वारा आधारभुत तथा माध्यमिक विद्यालयका आईटीस्रोत शिक्षकका लागी सूचना प्रविधी सम्वन्धी क्षमता विकास तालिम सुरु भएको छ । जानकी गाउँपालिका मानपुर बाँकेको शिक्षा ,युवा तथा खेलकुद शाखाको आयोजनामा बुधवार १९ गतेदेखि सनिवार २१ गतेसम्म आधारभुत तथा माध्यमिक विद्यालयका आईटी स्रोत शिक्षकका लागी सूचना प्रविधी सम्वन्धी क्षमता विकास तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन सत्रमा शिक्षा ,युवा तथा खेलकुद शाखाकी प्रमुख कृष्णा कुमारी भन्डारीले सूचना प्रविधीको माध्यमबाट शिक्षामा पहँच र गुणस्तर सुधार गर्ने , शिक्षकहरुलाई प्रविधीसँग जोडेर सिक्ने र सिकाउने प्रकृयामा नविनता ल्याई गुणस्तरिय शिक्षाको विकास गर्ने मुख्य उद्देश्य रहेको बताईन । साथै उनले तालिममा जानकी गाउँपालिका अन्र्तगतका सामुदायिक ,धार्मिक र सँस्थागत विद्यालयक गरि जम्मा ४५ जना आईटी स्रोत शिक्षकहरु सहभागी भएको समेत बताईन ।
तालिमको उद्घाटन सत्रमा जानकी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिल वहादुर पौडेल , शिक्षा ,युवा तथा खेलकुद शाखाकी झुमा वली , सूचना शाखाका प्रमुख विकास जि सी लगायत आईटी स्रोत शिक्षकहरु सहभागी भएका थिए । भने आधारभुत तथा माध्यमिक विध्यालयका आईटी स्रोत शिक्षकका लागी सूचना प्रविधी सम्वन्धी क्षमता विकास तालिम नेपालगन्ज उप– महानगरपालिका १७ स्थित ज्ञान सागर मा वि का प्र अ प्रशिक्षक होमराज खड्काले दिएका थिए ।