विभिन्न कार्यक्रम गरी मनाइयो विश्व रेडक्रस दिवस
Wednesday, May 8th, 2024, 6:40 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ बैशाख
मानवतालाई जीवित राखौं भन्ने मुल नाराका साथ बुधबार बाँके जिल्लामा विश्व रेडक्रस दिवस मनाइएको छ । सन् १८६३ मा स्वीज नागरिक जाँ हेनरी ड्युनाले रेडक्रस स्थापना गरेका हुन । हालसम्म १९१ देशमा रेडक्रस अभियान संचालन भइरहेको छ ।
यस अभियानका अंगहरुमा रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आई.सी.आर.सी) राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरु र रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघ (फेडेरेशन) रहेका छन् । हेनरी ड्युनाको जन्म दिनको अवसर पारेर ८ मे का दिन विश्व भरी रेडक्रस दिवस मनाउने गरिएको छ । यसैक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला अन्र्तगत रहेका १७ वटा उपशाखाहरुले स्थानीय स्तरमा विविध कार्यक्रमको आयोजना गरि दिवस मनाएका हुन् ।
………..
नेरेसो कुसुम उपशाखाले प्रवचन, कोहलपुरले नीलसागर सेवाश्रममा फलफुल वितरण, बेलासपुरले रक्त समुह परीक्षण, बागेश्वरीले कुर्सीदौड प्रतियोगिता, कचनापुर, बेतहनी, बैजनाथ र पुरैनीले रेडक्रस अभियान प्रचार प्रसार, सितापुर र गंगापुर उपशाखाले सर्कल गठन रेडक्रस सम्बन्धी जानकारी, सोनारी र बाँकेबगियाले विद्यालयमा सरसफाई अभियान, घरवारीटोल बैच वितरण, पिप्रहवाले बैच वितरण, जानकी, मनिकापुर र सदरलाइन उपशाखाले दिपप्रज्वलन, रक्तसंचार सेवा नेपालगंज र कोहलपुरमा खुला रक्तदान कार्यक्रमको आयोजना गरी दिवस मनाइएको छ ।
उक्त कार्यक्रमहरुमा जिल्ला कार्यसमिति र उपशाखा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो सर्कलमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, जुनियर तथा युवा सर्कलका संरक्षक, शिक्षक नायक, सर्कल सदस्य, स्वयंसेवक, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।