बाँकेका प्रजिअ श्रवण कुमार पोखरेल हेटौडा सरुवा
Tuesday, May 14th, 2024, 4:03 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १ जेठ
झण्डै एक साता देखि बाँके छाडेका बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको हेटौडा सरुवा भएको छ ।
सरकारले ६० जना सहसचिवको एकैपटक सरुवा गर्ने क्रममा प्रजिअ पोखरेललाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय हेटौडा, मकवानपुर सरुवा गरेको हो । उनले त्यहाँ प्रदेश सचिवको जिम्मेवारी सम्हाल्नेछन् ।
झण्डै एक साता देखि बाँके छाडेका प्रमुख जिल्ला अधिकारी पोखरेलले जिल्ला प्रशासन कार्यालयको फेसबुक एकाण्ट भने लगातार चलाएका थिए । यसले उनको आलोचना झनै बढाएको थियो ।
यता गृह मन्त्रालय छाडेको जानकारी गराउँदै उनले आफ्नो कार्यकालमा गरेको २८ बुँदे सफलताका कुराहरु सहित फेसबुकमा हालेको सामाग्री, पोष्ट गरेको २ घण्टामा हटेको थियो । उनले पछि हटाइएको सामाजिक संजालमा स्वेच्किरुपमा गृह मन्त्रालयको जिम्मेवारीबाट अलग हुने निर्णयका साथ प्रक्रिया सुरु गरेको जनाउनु भएको थियो ।
जिल्ला प्रशासन कार्यालय बाँकेको फेसबुकमा लेखिएको थियो, ‘यहाँहरुको सहयोग र सद्भावका लागि आभारी छु । कृतज्ञ छु । मैले मेरो कार्यकाललाई यसरी सम्झन्छु । भुल भएको भए क्षमा प्रार्थि छु ।’