प्रेस युनियन लुम्बिनी प्रदेशको क्यालेन्डर विमोचन
Friday, May 17th, 2024, 4:47 pm
Kalpristha
सतिश शर्मा
नेपालगन्ज, ४ जेठ
नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश कार्यसमितिले प्रकाशन गरेको भित्तेपात्रो(क्यालेन्डर) विमोचन गरिएको छ । शुक्रबार नेपालगन्जमा भएको कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर बहादुर पुन, नेपाल प्रेस युनियन केन्द्रिय अध्यक्ष शिव लम्साल, नेपाली कांग्रेस बाँके सभापति नारायण प्रसाद गौडेललगायतले संयुक्त रुपमा भित्तेपात्रोको विमोचन गर्नु भयो ।
कार्यक्रममा सभापति अमर बहादुर पुनले पत्रकारितालाई मर्यादित बनाउनको लागि नेपाल प्रेस युनियनमा सदस्यता शुद्धिकरणको आवश्यकता रहेको बताउनु भयो ।
उहाँले भन्नु भयो,‘प्रेस युनियन बुझेको साथीहरु हुनु प¥यो । समस्या छन्, पार्टीको विभिन्न तहमा बसेका साथीहरु र प्रेस युनियनबिच समन्वय हुनुपर्छ । पार्टीका भित्रका समस्या समाधानमा प्रेस युनियनले भुमिका खेल्न सक्नु पर्छ ।’
सभापति पुनले प्रदेश सरकारको बारेमा भैरहेको गतिविधिहरुको बारेमा पत्रकारहरुले चासो दिनु पर्ने धारणा राख्नु भयो । उहाँले भन्नु भयो,‘लुम्बिनी प्रदेश सरकारले आफनो काम राम्ररी गर्न सकिरहेको छैन । यसले गरेका निर्णय जनता प्रति कति उत्तरदायी छन् । यसका बारेमा पत्रकारहरुले चासो लिनु प¥यो ।’
सहकारी काण्डको बारेमा संसदीय छानविन समिति गठन गर्दा आफना कार्यकता धेरै फस्ने भएकोले एमालेले त्यसलाई रोकेको सभापति पुनले आरोप लगाउनु भयो ।
शुद्धिकरणका नाममा नेपाल पत्रकार महासंघले सक्रिय पत्रकारहरुलाई पन्छाउने काम भएको भन्दैं त्यसको विरुद्ध आफुहरु रहेको नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले बताउनु भयो । उहाँले भन्नु भयो, ‘शुद्धिकरण राम्रो नतिजाको लागि गरिएको थियो । जिल्लाले गरेको निर्णयहरुलाई मानेर अगाडी बढनु पर्नपर्छ । तर गलत तरिकाले झुन्डका झुन्ड पत्रकार थप्ने काम भएको छ । यो गलत हो । महासंघको सदस्य बन्न लायकले पत्रकार महासंघले सदस्य पाउनु पर्छ ।’
नेपाली कांग्रेस बाँकेका सभापति गौडेलले पार्टीबाट उम्मेदवार बनेर निर्वाचित भएका जनप्रतिनिधिहरुसँग पार्टी र युनियनको समन्वय हुनु पर्ने बताउनु भयो । पार्टीलाई चलायमान बनाउनको लागि नेपाली कांग्रेस बाँकेले युनियनसँग सहकार्य गरेर अगाडी बढिरहेको उहाँले बताउनु भयो ।
नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका कार्यबहाक अध्यक्ष जयसिंह केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष प्रेम केसी, सामुदायिक रेडियो प्रशारक संघका केन्द्रिय अध्यक्ष अर्जुन गिरी, नेपाल पत्रकार महासंघ बागमति प्रदेश अध्यक्ष शिव देवकोटा, प्रेस युनियन बाँके अध्यक्ष प्रिया स्मृति ढकाल,
पत्रकार महासंघ बाँके अध्यक्ष दामोदर भण्डारी, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका निर्वतमान सांसद शंकरी गिरी, नेपाल प्रेस युनियन पुर्व केन्द्रिय सदस्य उमा थापा मगर, नेपाली कांग्रेस बाँके सचिव सुधान्सु कोइराला, ठकुरी पत्रकार संघको केन्द्रिय अध्यक्ष करुणा शाह, चलचित्र पत्रकार संघ नेपाल बाँके अध्यक्ष रामचन्द्र पौडेल, अवधि पत्रकार संघका केन्द्रिय अध्यक्ष राकेश मिश्र लगायतको उपस्थिती रहेको थियो ।
आयोजक नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका महासचिव नविन गिरीले संचालन गरेको कार्यक्रममा सदस्य एवम् सचिवालय सदस्य गौरव गिरीले स्वागत मन्त्वय राख्नु भएको थियो ।