एमाले बाँके नेतृत्वको लागि किस्मत, डिल्ली र निरक बिच प्रतिस्पर्धा
Sunday, May 19th, 2024, 12:00 pm
Kalpristha
कमल खत्री
नेपालगन्ज, ६ जेठ
नेकपा एमाले बाँकेको अध्यक्षको लागि तिन जनाको उम्मेदवारी परेको छ । एमाले बाँकेका बर्तमान अध्यक्ष किस्मत कुमार कक्षपति सहित डिल्ली विसी र निरक गुरुङले अध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ । यस पटक नेकपा एमाले बाँकेको नेतृत्वका लागि ४ सय ६८ जना प्रतिनिधिहरुले सहभागिता जनाउँदैछन् ।
आइतबार हुने निर्वाचनमा उपाध्यक्ष पदको लागि ईन्द्र बहादुर थापा, लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्री, रबिन्द्र लम्साल र सुमन कुमार मल्लले उम्मेदवारी दिनु भएको छ ।
सचिव पदको लागि खिल प्रसाद भुषाल, दत्त प्रसाद आचार्य, बलराम भंटराई, भिम ओलीबिच प्रतिस्पर्धा हुने भएको छ ।
महिला उप–महासचिव पदका लागि निर्मला सुनार, रचना श्रेष्ठ, सारदा कुमारी रेग्मी विश्वकर्माको उम्मेदवारी परेको छ । उप महासचिव खुला तर्फ दिपक कुमार बर्मा, किशोर थापा, सतिश निरौला र सोहनलाल यादवले उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता सुनिता शर्माले बताउनु भयो ।
लेखा संयोजकमा जगदीश चन्द्र शर्मा र शोभाखर अधिकारीको उम्मेदवारी परेको छ । लेखा उपाध्यक्षमा डिल्लीराम शर्मा, सचिव विश्वसेन गौतम र खुला सदस्यमा मोतिप्रसाद भुषाल सर्वसम्मत चयन हुनु भएको छ । लेखा सदस्य महिलातर्फ चन्द्रकला न्यौपाने, जमुना केसी र नन्दा घिमिरे सर्वसम्मत चयन हुनु भएको छ ।
कतिपय भुगोल, आदिबासी, जनजाति, मधेसी, युवा, पुरुष महिला, खुल्ला पुरुष, खुल्ला महिला लगायतमा आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेको छ ।
जेठ ४ गते देखि सूरु भएको एमाले बाँकेको जिल्ला अधिवेशनको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले गर्नु भएको थियो ।
जेठको ५ गते सम्म चल्ने तय भएको अधिवेशन नेतृत्य चयनको प्रक्रियामा सर्वसम्मत नभएपछि लम्बिएको हो । सर्वसम्मतको प्रयास भैरहेपछि त्यसमा सहमति नजुटे आइतबार निर्वाचन हुने निर्वाचन मण्डलका सदस्य नेकपा एमाले केन्द्रिय सदस्य मो. हारुनले बताउनु भयो ।
……..