नेपालगन्जमा ट्रेड युनियन शिक्षाबारे अभिमुखिकरण सुरु
Tuesday, May 21st, 2024, 9:02 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ८ जेठ
बदलिदो परिवेशमा ट्रेड युनियन शिक्षा बारेमा नेपालगन्जमा अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । नेपाल ट्रेड युनियन कांग्रेस बाँकेको आयोजनामा सुरु भएको दुइ दिने कार्यक्रममा ट्रेड युनियन कांग्रेससँग आवद्ध स्थानीय तह, जिल्ला र प्रदेश स्तरका श्रमिक नेताहरुको सहभागिता रहेको छ ।
मंगलबार नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले कार्यक्रमको उद्घाटन गर्दै बदलिदो समयमा श्रमिका मुद्दाहरुलाई पहिचान गर्दै आर्थिक विकासमा योगदान गर्ने सोचको विकास गर्न जरुरी रहेको बताउनु भयो । उहाँले भन्नु भयो,‘ट्रेड युनियन भनेको प्रजातन्त्रलाई बलियो बनाउने अभियान सुरु गरेको संगठन हो । यसलाई गतिशिल बनाउन जरुरी छ ।’
नेपाल ट्रेड युनियन कांग्रेस बाँकेका कार्यवहाक अध्यक्ष तोजेन्द्र विकको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रिय उपाध्यक्ष गणेश केसी, महासचिव अजय राई, उप–महासचिव सुशिला घिमिरे, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य राम बहादुर मल्ल, नेपाल ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष काजिमान श्रेष्ठ, नेपाल कारखाना श्रमिक संघ केन्द्रिय अध्यक्ष अमृतलाल जोशी लगायतले ट्रेड युनियन कांग्रेसको भुमिका, आगामी रणनिति र योजनाका बारेमा बोल्नु भएको थियो ।
नेपाल ट्रेड युनियन कांग्रेस बाँकेका सह–सचिव चेत नारायण शर्माले स्वागत गरेको कार्यक्रममा नेपाली कांग्रेस बाँकेका उपसभापति गोपाल प्रसाद अधिकारी, सचिव सुधान्सु कोइराला, नेपाली कांग्रेस बाँके सदस्य एवम् ट्रेड युनियन संयोजक उमा थापामगर लगायतको उपस्थिती रहेको थियो ।
दुई दिने कार्यक्रमका सहभागिहरुलाई नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रिय उपाध्यक्ष गणेश केसी, महासचिव अजय राई, उपमहासचिव सुुशिला घिमिरे, नेपाल कारखाना श्रमिक संघ केन्द्रिय अध्यक्ष अमृत लाल जोशीले अभिमुखिकरण गर्नु भएको छ । कार्यक्रममा अहिले भैरहेको श्रम कानुन, ऐन, श्रमिक मुद्दा, समस्या, योगदानमा आधारित सामाजिक सुरक्षा कोष र श्रमिक महिलाहरुको हक हित र अधिकार लगायतका बारेमा अभिमुखिकरण गर्ने कार्यक्रम रहेको नेपाल ट्रेड युनियन कांग्रेस बाँके जिल्ला सचिव शिवध्वज शाहीले बताउनु भयो ।