महामारी समिक्षा, अभिमुखिकरण तथा पुर्व तयारी बैठक सम्पन्न
Thursday, May 23rd, 2024, 8:54 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० जेठ
जिल्ला तहमा महामारी समिक्षा दूर्त प्रतिकार्य टोली गठन तथा पुर्नगठन टोलीलाई अभिमुखिकरण तथा पुर्व तयारी बैठक नेपालगन्जमा सम्पन्न भएको छ ।
स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा बिहिबार नेपालगन्जमा भएको बैठक दुई चरणमा आयोजना गरिएको थियो ।
पहिलो चरणमा २०८० कात्तिक १७ गते जाजरकोट रामिडाँडा केन्द्रविन्दु भएर गएको भुकम्पमा घाइते भएका बिरामीहरुको व्यवस्थापन, तातो हावाको लहर लु जोखिम सचेतना, जिल्ला विपद पूर्व तयारी तथा प्रतिकार्य योजना २०८१ को बारेमा पत्रकारहरुलाई अभिमुखिकरण गरिएको थियो ।
आयोजक स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगत बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको समेत उपस्थिती रहेको थियो । स्वास्थ्य कार्यालय बाँकेका महामारी फोकल पर्सन नरेश श्रेष्ठले संचालन गरेको कार्यक्रममा बाँकेको ८ स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्य निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
अभिमुखिकरण कार्यक्रममा भेरी अस्पताल नर्सिङ प्रशासक आशा पन्थले घाईते बिरामीको भेरी अस्पतालमा गरिएको व्यवस्थापन, तातो हावाको लहर लु को जोखिम बारेमा नेपाल रेडक्रस सोसाईटी बाँके दोलख डाँगी, जिल्ला विपद पूर्व तयारी तथा प्रतिकार्य योजना २०८१ को बारेमा विपद व्यवस्थापन विज्ञ रुपन ज्ञवाली, नेपाल रेडक्रस सोसाइटका प्रल्लाद विश्वकर्मा, स्वास्थ्य कार्यालयका नरेश बाबु श्रेष्ठ सहजीकरण गर्नु भएको थियो ।
आयोजक स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाहीले कार्यक्रमका सहभागिहरुलाई स्वागत गर्दै सुरुआतमा कार्यक्रमको उद्देश्यहरुको बारेमा जानकारी गराउनु भएको थियो ।