युनियनको स्थापना दिवसमा मैत्रीपुर्ण फुटसल सम्पन्न
Saturday, May 25th, 2024, 3:44 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगञ्ज, जेठ १२ गते
नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा नेपालञ्जमा मैत्रीपुर्ण फुटसल आयोजना गरिएको छ । नेपाल प्रेस युनियन बाँके शाखाले आयोजना गरेको मैत्रीपुर्ण फुटसलमा प्रेस युनियन सम्वद्ध महिला पत्रकार र नेपाल प्रजातान्त्रिक व्यवसायी संघसँग आवद्ध महिला उद्यमीहरुले प्रतिस्पर्धा गर्नु भएको थियो । शनिबार बिहान बागेश्वरी फुटसल एण्ड स्पोर्टस हब नेपालगन्जमा भएको खेलमा महिला उद्यमी र महिला पत्रकारले दुबै टिमले १–१ गोल गर्नु भएको थियो ।
महिला पत्रकार तर्फबाट साबित्री गिरीले गोल गर्नु भएको थियो भने महिला उद्यमीहरुको तर्फबाट मिना चौधरीले गोल गर्नु भयो । यसैगरी प्रेस युनियन सम्वद्ध पुरुष पत्रकार र नेपाल स्वास्थ्यकर्मी संघ बाँकेसँग आवद्ध स्वास्थ्यकर्मीबिच अर्को मैत्रीपुर्ण फुटसल भएको थियो । सो खेलमा स्वास्थ्यकर्मीले पत्रकारको टिमलाई ७–० ले हराउनु भयो । स्वास्थ्यकर्मीको तर्फबाट डा.शिविन साहुले २ गोल, डा. शिखर शाही, सन्देश शाही, कपिल विष्ट, शिविर रेग्मीले १–१ गोल गर्नु भएको थियो ।
शनिबार मैत्रीपुर्ण फुटसल खेलको उद्घाटन नेपाली कांग्रेस बाँकेका सभापति नारायण गौडेलले गर्नु भएको थियो । नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृती ढकालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपाध्यक्ष कमल खत्रीले स्वागत मन्त्व्य राख्नु भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषी चौलागाई, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश उपाध्यक्ष जयसिंह केसी, महासचिव नविन गिरी, सचिवालय सदस्य गौरव गिरी, नेपाल पत्रकार महासंघ बाँके उपाध्यक्ष करुणा शाह, महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सावित्रा बस्नेत पोख्ररेल लगायतको सहभागिता रहेको थियो ।
सभापति गौडेलले प्रेस युनियनको वर्तमान कार्यसमितिले सुरुआतदेखि रचनात्मक कार्यक्रम गर्दै आएकोमा धन्यवाद दिनु भयो । युनियनको स्थापना दिवसको अवसरमा सम्पुर्ण पत्रकारहरुलाई शुभकामना दिदैं सभापति गौडेलले भन्नु भयो, ‘युनियनले थुप्रै सामाजिक काम गरेको छ । समाजमा सकारात्मक सन्देश दिएको छ । यो कार्यसमिति निकै क्रियाशिल छ । तपाईहरुको साथमा नेपाली कांग्रेस बाँके सधै रहनेछ । मैत्रीपुर्ण फुटसलले आपसी सम्बन्ध विस्तारमा सहयोग गर्नेछ । यस्ता कार्यले नयाँ उत्साह, उमंग र उर्जा थप्ने काम गर्छ ।’

……….
नेपाल प्रेस युनियन बाँके अध्यक्ष ढकालले पत्रकारिताक्षेत्रमा हामीले नियमित काम गर्दै आइरहेको स्मरण गराउँदैं नयाँ कार्यक्रम आयोजना गरिएको बताउनु भयो । मैत्रीपुर्ण फुटसलले पत्रकारहरुलाई स्वस्थ राख्न सहयोग गर्नुका साथैं आपसमा पनि सम्बन्धलाई विस्तार गर्नमा सहयोग गर्ने बताउनु भयो ।

…………

………..