सरकारले आफनो गल्ती लुकाउन प्रेस माथि आक्रमण गरिरहेको छः नेता वाल्मिकी
Saturday, May 25th, 2024, 9:07 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगञ्ज, जेठ १२ गते
संविधान सभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल वाल्मिकीले सहकारी पिडितलाई न्याय दिन चासो दिनु पर्ने बताउनु भएको छ । पछिल्लो समय देशभर ७३ लाख सहकारीका सदस्यहरु कुनै न कुनै समस्याहरुबाट पिडित भैरहेको बेला सरकारले यस तर्फ चासो दिनु पर्ने उहाँले बताउनु भएको छ ।
जनताको दुःख गरेर कमाएको पैसा अपचलन गरिरहेका सहकारीको निस्पक्ष छानविनमा गर्न ढिलासुस्ती गरेर सरकारले गम्भिर त्रुटि गरिरहेको संविधान सभा सदस्य वाल्मिकीले बताउनु भयो ।
उप प्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले सहकारीको यथार्त समाचार लेखेका कारण सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको केन्द्रिय सदस्य वाल्मिकीले आरोप लगाउनु भएको छ । उहाँले भन्नु भयो, ‘कान्तिपुर दैनिकका अध्यक्षको दोहोरो नागरिकता भएको आरोप लगाउँदैं उहाँलाई प्रक्राउ गरिएको छ । नेपालमा नागरिकताको बारेमा धेरै समस्या छन । गृह मन्त्री ज्युकै दोहोरो राहदानी र नागरिकता छ । उहाँलाई किन सरकारले कारबाहाी गरेको छैन । प्रक्राउ गरेको छैन ।’
वर्तमान सरकारले आफनो कमजोरी लुकाउनको लागि प्रेस माथि आक्रमण गरिरहेको उहाँले आरोप लगाउनु भयो । उहाँले भन्नु भयो,‘निम्न आय भएका मानिसले जीवनभर कमाएको रकम सहकारीले हिनामिना गरेको छ । यस्तो गम्भिर ठगीमा गृहमन्त्री मुछिनु भएको छ । अब गृह मन्त्रीले आफनो पदबाट राजिनामा दिएर छानविन प्रक्रिया अगाडी बढाउनु पर्छ । अनि यर्थात कुरा बाहिर आइहाल्छ ।’
अब नेपाली कांग्रेसले संसद र सडक दुबै ठाउँमा जनताका मुद्दालाई सम्बोधन गर्न आन्दोलन सुरु गर्ने उहाँले बताउनु भयो ।
क्रमवद्ध रुपमा कान्तिपुरले सहकारीले समाचार लेखेको कारण प्रतिसोध साध्न सिरोहियालाई अहिले पक्राउ गरिएको हो । वाल्मिकी भन्नु हुन्छ, ‘सिरोहियाको बारेमा पनि छानविन हुनु पर्छ । उहाँले गल्ती गर्नु भएको छ भने कारबाही होला । तर कान्तिपुरको कार्यालयमा गएर देशद्रोही जस्तो अपराध गरेको जसरी उहाँलाई प्रक्राउ गर्नु निन्दनीय छ । यसको हामी बिरोध गछौं ।’