युवालाई देशमै सम्भावना देखाउन सक्नु पर्छः सामाजिक विकास मन्त्री खत्री
Wednesday, May 29th, 2024, 8:09 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, जेठ १६ गते
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीले युवाहरुलाई देशमै सम्भावना छ भन्ने सोचको विकास हुनु गरे राज्यले नीति निर्माण गर्नु पर्ने बताउनु भएको छ ।
नेपालगन्जमा भएको योजना तर्जुमा प्रक्रियामा युवाको सवाल तथा सहभागिता विषयक कार्यशालामा मन्त्री खत्रीले युवाहरुलाई निराशाका बिच देशमा सम्भावना देखाउँने नीति निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘ २०४४ साल तिर म नेपालगन्ज आउँदा जंगल थियो । धम्बोझी चोक वरीपरी पानी जमेको हुन्थ्यो । अहिलेको न्युरोडमा फोहोर फालिएको हुन्थ्यो । खजुराबाट नेपालगन्ज आउन टाँगा चडेर आउनु पथ्यो । तर अहिले नेपालगन्जले धेरै फड्को मारेको छ । नेपाल विकासमा अघि बढेको छ । तर युवाहरुमा नेपालमा केहि भएको छैन भन्ने मानसिकता छ । विकास भएको छ । तर अमेरिका र युरोपको जस्तो विकास नभएको होला । तर हिजोको भन्दा आज धेरै विकास भएको छ ।’
राज्य निति निर्माण तह देखि लिएर तल्ल स्तरका युवाले नेपाललाई अल्पविकसित राष्ट्रबाट विकसित देशका रुपमा अगाडी बढाउन योगदान गर्नु पर्ने मन्त्री खत्रीले बताउनु भयो ।
कार्यशालामा सहभागि भएका युवाहरुलाई सम्बोधन गर्दै मन्त्री खत्रीले युवाहरुलाई देशमै सम्भावना छ, भविष्य छ भने मानसिकताको विकास गराउन जरुरी रहेको बताउनु भयो ।
लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषदले आयोजना गरेको कार्यशालामा युवाहरुको बारेमा कस्ता निति तथा कार्यक्रम बनाउने भन्ने बारेमा छलफल भएको थियो ।
प्रदेश युवा परिषद लुम्बिनी प्रदेशका उपाध्यक्ष गोविन्द बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यशालामा परिषद सदस्य रिया बस्नेतले स्वागत मन्त्व्य राख्दैं प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रममा युवामैत्री कार्यक्रम र बजेटलाई सम्बोधन गरिनु पर्ने बताउनु भयो । २०७८ को जनगणना अनुसार नेपालमा ४०.३ प्रतिसत युवाहरु भएपनि तिन तहको सरकारले युवामैत्री नीति तथा कार्यक्रम ल्याउन नसक्दा युवाहरु बिदेशिनु परेको बताउनु भयो ।
…………
लुम्बिनी प्राविधिक विश्वविद्यालयका उप कुलपति डा. बिनोद ढकालले प्राविधिक शिक्षाको सम्भावनाको बारेमा बताउनु भएको थियो ।