खजुरा गाउँपालिकामा मन्त्री खत्रीलाई सम्मान
Wednesday, May 29th, 2024, 8:10 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, जेठ १६
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीलाई खजुरा गाउँपालिका वडा नम्बर १ मा स्वागत तथा सम्मान गरिएको छ ।
खजुरा गाउँपालिका वडा नम्बर १ कार्यालयले मन्त्री खत्रीलाई स्वागत गरेको हो । मन्त्री रत्न खत्री खजुरा गाउँपालिका वडा नम्बर २ निवासी हुनुहुन्छ ।
मन्त्रीलाई स्वागत तथा सम्मान गर्दै खजुरा गाउँपालिकाका वडा नम्बर १ अध्यक्ष मनवीर क्षेत्रीले वडाका समस्याका बारेमा अवगत गराउनु भएको थियो । मन्त्री खत्रीले वडासँगै क्षेत्र नम्बर ३ को विकासका लागि आफुले प्रदेश सरकारबाट हुने सहयोगलाई आवश्यकताको आधारमा गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
वडा अध्यक्ष क्षेत्रीले अनुसार प्रदेशको चाल योजनालाई निरन्तरता दिदैं २ नम्बर वडा देखि एनसेल टावर विरपुर हुँदैं भारतको सिमान सम्म पक्की नाला सहितको बाटो कालो पत्रे, सुख्खा बन्दरगाहा जोडने खजुरा १ रामपुरेडाडा स्थित किरन नाला पक्की पुल निर्माण, मैटहवा माविको २ कोेठे भवन निर्माण, खजुरा– १ किरन नाला लिफट सिँचाईको माग अनुसारको बजेट बिनियोजन, खजुरा १ न्याउलीडाडा नजिक मानखोला पक्कि पुल निर्माण, खजुरा १ को सडकको दायाँ बायाँ ढल निकास सहितको पक्कि नाली निर्माण, कृषी शाखा मार्फत जेटिए र पशु सम्बन्धी कृषक पाठशाला संचालन लगायतका योजनाहरु माग गरेको बताउनु भयो ।