बाँकेमा शनिबारदेखि जिल्ला व्यापी नकआउट फुटबल हुँदैं
Friday, May 31st, 2024, 2:28 pm
Kalpristha
सतिश शर्मा
नेपालगन्ज, १८ जेठ
शनिबार देखि बाँकेमा जिल्लाव्यापी नकआउट फुटबल हुने भएको छ । बाँके जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा बाँके जिल्लाका ७ क्लबको सहभागिता रहेको छ ।
अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनुसार प्रतियोगिता हुन लागेको हो । नेपालगन्जमा सहभागि क्लब प्रतिनिधिहरुको उपस्थितीमा खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक बाँके जिल्ला फुटबल संघले जनाएको छ ।
आयोजक बाँके जिल्ला फुटब संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोेजराज शाहीले प्रतियोगितामा जिल्लाभित्रैका खेलाडीले खेल्ने भएको धेरै नयाँ युवा खेलाडीले अवसर पाउने बताउनु भयो ।
जेठ २३ गते सम्म चल्ने प्रतियोगिताको च्याम्पियन टिमले बाँके जिल्ला फुटबल संघले आयोजना गर्ने आगामी वर्षको लिग फुटबल खेल्ने अवसर पाउनेछ ।
कोहलपुर १३ विघामा हुने प्रतियोगिताको उद्घाटन खेलमा इजोन स्पोर्ट्स क्लब र नेपालगन्ज–११ स्पोटिङ क्लबबिच हुने भएको छ ।
प्रतियोगितामा बाँके जिल्लाका ७ क्लबहरुको सहभागिता रहेको छ । प्रतियोगितामा नेपालगन्ज –११ स्पोटिङ क्लब, सिटी युथ क्लब, ई जोन स्पोट्र्स क्लब, न्यु दपर्ण युवा स्पोट्र्स क्लब, न्यु नलेज स्पोट्स क्लब, एफसी संघारी, कंञ्चनजंगा भिजन स्पोट्स क्लबको सहभागिता रहेको छ ।