कार्यकर्ताको मनोभावना बुझदै कांग्रेसका केन्द्रिय सदस्यहरु
Friday, May 31st, 2024, 4:55 pm
Kalpristha
सतिश शर्मा
नेपालगन्ज, जेठ १८ गते
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एनपी साउदले अहिलेको वर्तमान निर्वाचन प्रणालीबाट एउटै पार्टीलाई बहुमत ल्याउन कठिन भएको बताउँदैं यसमा सुधार आवश्यक रहेको बताउनु भएको छ ।
शुक्रबार नेपालगन्जमा भएको छलफल कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । नेपाली कांग्रेसले गठबन्धन गर्नु समय अनुसारको बाध्यता भएको बताउँदैं पुर्व मन्त्री एवम् केन्द्रिय सदस्य साउदले पार्टीलाई बलियो बनाउने दिशामा सबै तहका नेता तथा कार्यकर्ताले काम गर्नुपर्ने बताउनु भएको छ ।
शुक्रबार नेपाली कांग्रेसका केन्द्रिय सदस्य साउद सहितको टोली नेपालगन्ज आइपुगेको थियो । नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयमा टोलीले बाँकेको नेता तथा कार्यकर्तासँग छलफल गरेको थियो । वर्तमान अवस्थामा देशमा निराशा छाइरहेको बेला कार्यर्ताको भनोभावना बुझनको लागि पनि आफुहरु जिल्लास्तरको भेटघाटमा आएको टोलीमा सहभागी भएका नेताहरुले बताउनु भएको थियो ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य साउद सँगैं केन्द्रिय सदस्य डा. डिला संग्रौला, पुर्व सुचना तथा संचार राज्य मन्त्री एवम् केन्द्रिय सदस्य गोविन्द शाह, केन्द्रिय सदस्य अब्दुल सत्तार सहितको टिमले कार्यकर्ताले सोधेका जिज्ञासालाई सम्बोधन गर्नु भएको थियो ।
छलफलमा सहभागि कार्यकर्ताले पार्टीलाई बलियो बनाउनको लािग स्थानीय स्तरमा देखिएका समस्या तथा चुनौतिहरुको बारेमा जानकारी गराएका थिए । केन्द्रिय सदस्यहरुको टोलीले पार्टीलाई वर्तमान अवस्थामा कसरी सशक्त बनाउने भन्ने बारेमा आफना भनाईहरु राखेका थिए ।
छलफल कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य डा. डिला संगौलाले अहिले सरकारले ल्याएको बजेटलाई कर्मकान्डी बजेट भएको बताउनु भएको छ । अहिले सरकारले ल्याएको बजेटले आम नागरिकले भोगेका समस्यालाई सम्बोधन गर्न नसक्ने भन्दैं संग्रौलाले जनताको माझ गएर नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले काम गर्नु पर्ने बताउनु भयो ।
नेपाली कांग्रेस बाँकेका सभापति नारायण गौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम संविधान सभा सदस्य मैकुलाल वाल्मिकी, पुर्व पार्टी सभापति कृष्णमान श्रेष्ठ, लगायतको नेताहरुको सहभागिता रहेको थियो । उपसभापति गोपाल प्रसाद अधिकारीले स्वागत मन्त्व्य राखेको कार्यक्रम संचालन सचिव सुधान्सु कोइरालाले गर्नु भएको थियो ।