वडा भेलामा पुर्व पार्टी सभापतिहरु सम्मानित
Saturday, June 1st, 2024, 8:05 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगञ्ज, १९ जेठ
नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ ले शुक्रबार वडा भेला सम्पन्न गरेको छ । भेलाको अवसरमा २ नम्बर वडालाई प्रतिनिधित्व गर्दै जिल्लाको सभापति हुन सफल भएकोमा पुर्व पार्टी सभापतिहरु गजेन्द्र हमाल, युवराज शर्मा, स्व.गोपाल बहादुर श्रेष्ठ र स्व. रणेन्द्र बहादुर हमाललाई मरनोप्रान्त सम्मान गरिएको थियो ।
स्वं गोपाल बहादुर श्रेष्ठको सम्मान उहाँका कान्छो छोरा कञ्चन बहादुर श्रेष्ठ र स्व.रणेन्द्र बहादुर हमालको सम्मान उहाँका नाती सम्रान्त विक्रम शाहले ग्रहण गर्नु भएको थियो । सदन चलिहेका कारण राष्ट्रिय सभा सदस्य समेत रहनु भएका युवराज शर्मा भने कार्यक्रममा उपस्थिती हुन सक्नु भएको थिएन ।
नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ सभापति प्रदिप श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा लुम्बिनी प्रदेशका पुर्व मन्त्री एवम ओलम्पियन सुरेन्द्र हमाल, नेपाली कांग्रेस बाँकेका सचिव सुधान्सु कोइराला, बाँके क्षेत्र नम्बर २ सभापति रमेश गुप्ता, नगरका कार्यवहाक सभापति धनराज बर्मा लगायतको सहभागिता रहेको वडा सचिव हिमनाथ पौडेलले बताउनु भएको छ ।
नेपालगञ्जको २ नम्बर वडा बासी भएर पार्टीलाई बलियो बनाउँदैं प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भुमिका निर्वाह गरेको कारण दुई व्यक्तिलाई कदर पत्रले सम्मान गरिएको सचिव पौडेलले कालपृष्ठ दैनिकलाई बताउनु भयो । वडा भेलामा संगठनको वार्षिक प्रतिवेदन तथा योजनाहरुको बारेमा छलफल भएको सचिव पौडेलले जानकारी गराउनु भयो ।

…………….