असल परिवार तथा लिडरसिप कोर्स प्रशिक्षण तालिम सम्पन्न
Sunday, June 16th, 2024, 8:21 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
जानकी, २ असार
राष्ट्र निर्माणको लागी असल परिवार तथा युवाहरु भन्ने मुल नाराका साथ जानकी गाउँपालिका युवाहरुको नेतृत्व विकास , क्षमता विकासका लागी असल परिवार तथा लिडरसिप कोर्स सम्वन्धी शनिवारदेखि शुरु भएको २ दिने प्रशिक्षण तालिम आईतवार सम्पन्न भएको छ । जानकी गाउँपालिकाको आर्थिक सहयोग र बालकल्याण तथा सामुदायिक विकास सँघ बाँकेको आयोजनामा युवाहरुको नेतृत्व विकास , क्षमता विकासका लागी असल परिवार तथा लिडरसिप कोर्स सम्वन्धी २ दिने प्रशिक्षण शनिवारदेखि जानकीमा शुरु भएको थियो।
जानकी गाउँपालिकाका उपाध्यक्ष रामप्यारी यादवले २ दिनसम्म तालिममा सिकेका कुराहरुलाई आफनो व्यवहारमा उर्तान सहभागीहरुलाई सुझाव दिईन ।
बालकल्याण तथा सामुदायिक विकास सँघ बाँकेका अध्यक्ष बसन्त कुमार कनोजियाको अध्यक्षतामा गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवको प्रमुख आतिथ्यमा गाउँपालिकाकासामाजिक विकास समितीका सम्योजक राम आचल धोवी ,विपद तथा वातावरण समितीका सम्योक राजेन्द्र सिँह ,कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो भने कार्यक्रमा आयोजक सँस्थाका तर्फबाट सहभागी प्रशिक्षार्तीहरुलाई प्रसम्सापत्र समेत वितरण गरिएको थियो ।