सडक निर्माण अलपत्र हुँदा भैयापुरका जनता आन्दोलित
Monday, June 17th, 2024, 8:15 pm
Kalpristha
रबिन्द्र घिमिरे
नेपालगन्ज, ३ असार
भैयापुरका जनता सडक निर्माण अलपत्र भएपछी सोमवार आन्दोलित भएका छन् । केही वर्ष अघिबाट निर्माण सुरु गरिएको सडक निर्माण तथा स्तरोन्नतिको कार्य अलपत्र हुँदा बाँकेको जानकी गाउँपालिका वडा नम्वर २ स्थित भैयापुरका स्थानिय जनताहरु आन्दोलित भएका छन् ।
जानकी गाउँपालिका वडा नम्वर २ स्थित भैयापुरका स्थानिय जनताहरुले सडक बाटो अवरुद्द गरेका थिए । बाँकेको क्षेत्र नम्वर ३ परसपुर गौघाट सडक निर्माणको जिम्मा लिएको कन्काई गणपती जे वी काठमान्डौको ठेकेदार कम्पनीको लापरवाहीले सडक अलपत्र परेको छ जसले गर्दा स्थानिय जनताहरु आन्दोलनमा उत्रिन वाध्य भएका हुन् । पछिल्लो समय निर्माण व्यवसायी र जीम्मेवार निकाय एकअर्काको इसारामा चल्दा विकास निर्माणका कार्यले त्यसै ब्रेक लगाउनुपर्ने अवस्था सिर्जना भएको छ । जसले गर्दा आम जनताले भने सधैजसो सास्ती झेल्नु पर्ने भैरहेको छ ।
ठेकेदार पनि सम्पर्क विहिन भएको र सरकार रठेकेदारको सेटिङ हुनसक्ने स्थानियहरु बताउँछन् । अलिअलि भएको पिच बाटोलाई समेत भत्काएर अलपत्र पारेर छोडिदिएको उनिहरुको भनाई छ ।सडक बाटो निर्माण शुरु नगर्दा सम्म बाटो नखोल्ने स्थानिय जनताहरुले चेतावनी दिएका छन् ।
संघिय सरकारको लगानीमा परसपुर गौघाट सडक निर्माणको जिम्मा लिएको कन्काई गणपती जे वी काठमान्डौले २०८१÷५÷२५ गते निर्माण सम्पन्न गर्ने गरी २०७९÷१ ÷२५ गते सम्झौता गरेको थियो। तर अहिलेसम्म पनि सडक निर्माणण्को काम भने अघि बढाईएको छैन । टोटल रकम १३ करोड ४३ लाख २४ हजार ५ सय ९१ रुपैँया ६८ पैसमा सम्झौता गरेको थियो ।