वित्तीय साक्षरता तथा उद्यमशीलता तालिम सम्पन्न
Wednesday, June 19th, 2024, 12:37 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ असार
वित्तीय साक्षरता तथा उद्यमशीलता तालिम नेपालगन्जमा सम्पन्न भएको छ । न्यू विजनेश एज प्रालिको आयोजनामा भएको कार्यक्रमको समन्वय महिला उद्यमी संघ नेपाल बाँकेले गरेको थियो । सिद्धार्थ बैंकले प्रायोजन गरेको कार्यक्रममा बाँकेका महिला उद्यमीहरुलाई वित्तीय साक्षरता तथा उद्यमशीलताको बारेमा जानकारी गराइएको थियो ।
लुम्बिनी प्रदेश उर्जा, जलस्रोत तथा सिचाई मन्त्री कृष्ण केसी प्रमुख अथिती रहेको कार्यक्रममा न्यू विजनेश एजका प्रधान सम्पादक मदन लम्साल, चार्टर एकाउन्टेन्ट सगुन खनाल, वित्तिय साक्षरता प्रशिक्षक उमा जोशी बोहरा, अशोक कुमार भुजेल लगायतले वित्तीय साक्षरताको बारेमा सहभागिलाई सहजीकरण गर्नु भएको थियो ।
प्रमुख अथिती केसीले महिला उद्यमीलाई सहज रुपमा सहुलियत कर्जा प्राप्त गर्नका लागि सरकारले खुकुलो निती बनाउने बताउनु भएको थियो । महिला उद्यमी संघ नेपाल बाँके सचिव नितु चन्दले संचालन गरेको कार्यक्रममा सहभागिहरुले महिला उद्यमीहरुले भोगिरहेका समस्याहरुको बारेमा जिज्ञासा राखेका थिए ।

………..
कार्यक्रममा महिला उद्यमी संघ नेपालको केन्द्रिय कोषाध्यक्ष सविता सुवेदीको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दैं महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सावित्रा बस्नेत पोखरेलले महिला उद्यमीहरुलाई सक्षम बन्नका लागि कानुन ज्ञानसँगै दक्ष सीप र व्यवस्थापनको आवश्यकता पर्ने बताउनु भएको थियो । कार्यक्रममा सहभागि ९१ जना महिला उद्यमीहरुले आफुहरुले भोगिरहेको समस्याहरुको बारेमा अवगत गराएका थिए । न्यू विजनेश एजका प्रधान सम्पादक मदन लम्सालले कार्यक्रमका अथितीहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।