हट्यो लक्ष्मी शर्माको घर अगाडीको काँडेतार
Wednesday, June 26th, 2024, 6:21 pm
Kalpristha
कालपृष्ठ समाचार प्रभाव
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ असार
नेपालगन्ज–१८ कारकादो निवासी लक्ष्मी शर्माको घर अगाडी लगाइएको काडे तारे हटेको छ । चलनचल्तीको बाटो अवरुद्ध गरेर जग्गा व्यवसायी कौशल नेपालले लक्ष्मी शर्माको घर जाने बाटो अवरुद्ध गरेर दुःख दिएका थिए । स्थलगत प्रतिवेदन अनुसार तारबार गरिएको ठाउँमा चलनचल्तिको बाटो भएकोको प्रमाणित भएपछि नेपालगन्ज उप–महानगरपालिका प्रमुख प्रशान्त विष्टले उक्त बाटोमा गरिएको अवरोध हटाउन निर्देशन दिएका थिए । कानुनमा भएको व्यवस्था अनुसार अवरुद्ध बाटो हटाइएको नेपालगन्ज उप–महानगरपालिकाले जनाएको छ ।
प्रमुख विष्टको निर्देशनपछि बुधबार नगर प्रहरीको टिम गएर बाटोमा लगाएको काडे तारबारलाई हटाएका थिए । कानुन रुपमा आफुले न्याय पाएको पिडित शर्माले बताईन् । उनले भनिन, ‘घरको बाटो करिब एक महिनादेखि बन्द भएको थियो । मेरो घर परिवारलाई दैनिक आवात जावतमा समस्या परेको थियो । मानसिक रुपमा हामीलाई धेरै समस्याको सामना गर्नु परयो ।’ न्याय पाउनको लागि आफुले नेपालगन्ज उप–महानगरपालिका देखि लिएर अन्य सम्बन्धित निकायमा पनि समेत उजुरी दिएको शर्माले बताईन् । तर बुधबार नगर प्रहरीले अवरुद्ध भएको बाटो सुचारु गरेपछि आफुले न्यायको अनुभुति गरेको शर्माले बताईन् ।
नेपालगन्ज नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १८ निवासी लक्ष्मी शर्माको घर अगाडीको बाटो करिब १ महिना अघि देखी अवरुद्ध थियो । शर्माको घर जाने बाटो अवरुद्ध गरेर व्यवसायी कौशल नेपालले बार्गेनिङ गरेका थिए । जग्गा व्यवसायी नेपाल वेस्र्टन रियल स्टेटका अध्यक्ष हुन् ।
प्लटिङ गर्ने क्रममा चलनचल्तीको लागि बाटो देखाएपनि नेपालले त्यसलाई सार्वजनिक भने गर्ने गरेका छैनन् । कानुनी हिसाबले नेपालगन्ज उप–महानगरपालिकाकामा बाटोको लागि कम्तिमा ६ मिटर जमिन हुनु पर्ने प्रावधान छ । प्लटिङ गरेर जमिन बिक्री गर्दा बाटोको लागि छुटयाएको जमिन भने नेपालले आफनै नाममा राखेर पछि बार्गेनिङ गर्ने गरेका थिए ।
चलचल्तीको बाटो भएपनि बाटो अगाडी बढाउन शर्माले आफनो जमिन नदिएका कारण आफुले बाटो अवरुद्ध गरेको कौशल नेपालले बताएका थिए ।कित्ता नम्बर १३१३ र १३१४ मा लक्ष्मी शर्माको घर र आगन छ । त्यही घरको अगाडीको जमिन बाटोको रुपमा दिनु पर्छ भन्दैं कौशल नेपालले आफुहरुलाई धम्काउने, तर्साउने गरेको लक्ष्मीले आरोप लगाउँदै आएकी थिइन् ।

…………
प्लटिङ गर्ने क्रममा चार मिटरको बाटो भने कौशल नेपालले आफनो नाममा दर्ता गरेका थिए । प्लटिङ गरेको क्षेत्रमा चार मिटरको बाटो छ । कित्ता नम्बर ११७७ र १२६१ नम्बर बाटोको लागि छुटयाइएको छ । त्यही बाटो अवरुद्ध गरिएको थियो ।
विवादलाई समाधान गर्नको लागि नेपालगन्ज उप–महानगरपालिकामा दुबै पक्षबिच छलफल पनि भएको थियो । तर सहमति हुन नसकेपछि प्रमुख विष्टले कानुन प्रक्रिया अनुसार अगाडी बढेका थिए ।

………..