खजुरा गाउँपालिका वडास्तरिय क्रिकेट प्रतियोगिताः उपाधिका लागि वडा नं. २ र ८ फाइनलमा भिड्ने
Sunday, June 30th, 2024, 8:57 pm
Kalpristha
सौरभ राना
खजुरा, १६ असार
खजुरा गाउँपालिका वडा नं. २ र ८ ले प्रथम खजुरा गाउँपालिका वडास्तरिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्ने भएको छन् ।
आइतबार भएको दोस्रो सेमिफाइनलमा वडा नं. २ ले वडा नं. ३ लाई ५७ रनले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
खजुरा–२ स्थित ए गाँउ खेल मैदानमा टस हारेर सुरुआतमा ब्याटिङको निम्तो पाएको वडा नं.२ ले १२ ओभरमा ५ विकेटको नोक्सानीमा १ सय २६ रन बनाएको थियो ।
टोलीका लागि विजय सिंह ठकुरीले अर्धसतक बनाएका थिए उनले २४ बलमा ५० रन बनाएका थिए ।
यसैगरी अनिश पुनले २२ रन , मोहन क्षेत्रीले २१ रन , प्रकाश अधिकारीले १२ रन र कप्तान रेशम सिंह ठकुरीले ५ रन बनाएका थिए ।
वडा नं ४ का सौरभ आचार्य र करन भण्डारीले २–२ र साहरुख खानले १ विकेट लिएका थिए ।
जवाफि ब्याटिङ गरेको वडा नं. ३ ले ११ ओभरमा ६९ रन बनाउँदै अल आउट भएको थियो । टोलिका लागि साहरुख खानले सर्वाधिक २१ रन बनाएका थिए ।
त्यसैगरी सुमन थापाले १९ रन, अशोक राना र गौरव आचार्यले ९–९ रन बनाएका थिए ।
म्यान अफ द म्याच विजय सिंह ठकुरीले ३ ओभरमा ९ रन खर्चिएर ५ विकेट लिएका थिए भने सौरभ राना र मोहन क्षेत्रीले २–२ विकेट लिएका थिए ।
प्रतियोगितामा सहभागि टिमलाई दुई समुहमा विभाजन गरेर नकआउटको आधारमा प्रतिस्पर्धा गराइएको छ । प्रतियोगिताको विजेताले ३५ हजार र उपविजेताले २० हजार रुपैयाँ पाउनेछन् ।