जानकीमा अपांगता भएकालाई सहायक सामग्री वितरण
Sunday, June 30th, 2024, 9:56 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
जानकी, १६ असार
जानकी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको लागि अनुदान तथा सहायक सामग्री वितरण गरेको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा आज अपाङ्गता भएका व्यक्तिहरुको लागि अनुदान तथा सहायक सामग्री वितरण गरिएको हो ।
‘अति विपन्न, गरिव, अपाङ्गता भएका व्यक्तिहरु जो घरमै बसी खुद्रा व्यवसाय गरिरहेका, तरकारी व्यवसायमा लागेका, हिँडडुल गर्न असहज छ, त्यस्ता व्यक्तिहरुको घरपरिवार र व्यक्तिलाई पनि सहयोग होस् भनेर विभिन्न किसिमका सामग्रीहरु वितरण गरेका हौं,’ गाउँपालिकाका अध्यक्ष छब्बन खाँले भने । अध्यक्ष खाँले अपाङ्गता भएका व्यक्तिहरुलाई आगामी दिनमा पनि थप कार्यक्रम र बजेटको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे ।
खुद्रा पसलको लागि अनुदान सामग्री ९ जनालाई, तरकारी व्यवसायी २ जनालाई पम्पसेट, सिलाईकटाई मेसिन २ जनालाई र १ जनालाई बाख्रा वितरण गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख कल्पना गाहाले जानकारी दिइन् । त्यसै गरेर सहायक सामग्रीमा व्हिलचेयर १२ जनालाई, ट्राइसाइकल १२ जनालाई, कानको मेशिन १० जनालाई र बैशाखी ५ जनालाई वितरण गरिएको समेत उनले जानकारी दिइन् ।
सामाजिक विकास समितिका संयोजक रामआचल धोवीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेल लगायतको उपस्थिति रहेको थियो ।