जानकीका प्रअहरुसँग स्पष्टिकरण माग
Tuesday, July 2nd, 2024, 12:19 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, १७ असार
बाँकेको जानकी गाउँपालिकाले शैक्षिक सत्र २०८० को एसईई परीक्षाको नतिजाको बारेमा समिक्षा वैठक गरेको छ । शिक्षा, युवा तथा खेलकुद शाखाले सामुदायिक माध्यमिक विद्यालयका प्रअहरुसँग परीक्षाको नतिजा सन्तोषजनक नआएपछी वैठकको आयोजना गरिएको हो ।
बैठकमा गाउँपालिका अध्यक्ष छब्बन खाँले शिक्षालाई पालिकाले पहिलो प्राथमिकतामा राखेको र शिक्षामा सुधारको लागी प्रअहरुले पहली कदम चाल्नुपर्नै बताउनु भएको थियो । बैठकमा सबै माध्यमिक विद्यालयका प्रअहरुसँग परीक्षाको नतिजा सन्तोषजनक नआएपछी स्पष्टिकरण माग गरिएको जानकी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख कृष्णा कुमारी भण्डारीले बताउनु भयो ।
शाखा प्रमुख भण्डारीले बैठकमा सबै सामुदायिक माध्यमिक विद्यालयका प्रअ र विषयगत शिक्षकसँग लिखित स्पष्टिकरण माग गर्ने ,ग्रेडवृद्दि परीक्षाको तयारीको लागी सबै सामुदायिक माध्यमिक विद्यालयले अतिरिक्त कक्षा संचालय गर्ने, विद्यालय व्यवस्थापन समिती, शिक्षक अभिभावकसँग शिक्षक स्टाफ र शिक्षा शाखाको संयुक्त बैठक तत्काल बसि सिकाईको अवस्था पहिचान र सुधार गर्ने निर्णय गरिएको भण्डारीले बताउनु भयो ।
तहगत रुपमा सबै विद्यालयहरुमा तहगत ईन्चार्ज तोकी सक्रिय रुपमा परिचालन गराउने, त्रैमासिक तथा अर्धवार्षिक परीक्षको नियमित रुपमा नतिजा विश्लेषण गरि विद्यार्थीहरुको सिकाईमा सुधार ल्याउन आवश्यक रणनिती तय र कार्यान्वयन गर्ने लगायतका निर्णय गरिएको समेत जानकी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाकी प्रमुख भन्डारीले जानकारी गराउनु भयो ।
सामाजिक विकास समितीका संयोजक राम आचल धोवीको अध्यक्षतामा गाउँपालिका अध्यक्ष छब्बन खाँको प्रमुख आतिथ्यमा सामुदायिक माध्यमिक विद्यालयका प्रअहरुसँग उक्त बैठक बसेको थियो ।