सरकारी सेवामा नेपालगन्जका युवालाई आर्कषित गर्नु पर्छः नगर प्रमुख विष्ट
Friday, July 5th, 2024, 6:48 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २२ असार
नेपालगन्ज उपमहानगरपालिकाको आयोजना र द सक्सेस ईन्सिटच्युट नेपालगन्जको सहकार्यमा लोकसेवा आयोगद्धारा लिईने लिखित परीक्षाको पुर्व तयारी कक्षा बिहिबार समापन गरिएको छ ।
वैशाख ११ देखि सुरु भएको कक्षामा अप्राविधिक तर्फ नायब सुब्बा र खरिदार तथा प्राविधिक तर्फ हेल्थ असिस्टेण्ट स्टाफ नर्स, अहेब र अनमी पदको लोकसेवा आयोगद्धारा लिईने लिखित परीक्षाको पुव तयारी कक्षा संचालन गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले एक कार्यक्रमका बिच तयारी कक्षा कार्यक्रमको समापन गर्नु भएको हो ।
समापन कार्यक्रममा बोल्दै प्रमुख विष्टले नगरपालिकाका युवाहरुलाई सरकारी सेवामा आर्कषित गर्नको लागि पुर्व तयारी कक्षाले सहयोग गर्ने बताउनु भयो ।
युवाहरुलाई स्वदेशमा बसेर सेवा गर्ने वातावरण निर्माण गर्नको लागि तयारी कक्षालाई आगामी दिनमा थप प्रभावकारी बनाउँदै लग्ने उहाँले बताउनु भयो । नेपालगन्जका युवाहरुको सरकारी जागिर प्रति आर्कषण बढाउनको लागि पनि उपमहानगरपालिकाले तालिमलाई हरेक वर्ष निरन्तरता दिईरहेको विष्टले बताउनु भयो ।
तयारी कक्षा समापन कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका नगर कार्यपालिका सदस्य बसन्त कनोजिया, मोहम्मद मुजमिल हक हलवाई, नेपालगन्ज उपमहानगरपालिका सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशी, द सक्सेस ईन्स्च्यिुटका संचालक रबिन्द्र शाह, राजन शाही, कालपृष्ठ दैनिकका सम्पादक कमल खत्री, तयारी कक्षाका प्रशिक्षक मदन रावत र सुमित केसी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा स्वागत मन्त्व्य राख्दैं द सक्सेस ईन्स्टिच्युटका संचालक शाहले पुर्व तयारी कक्षा प्रभावकारी भएको बताउनु भयो । कार्यक्रममा सहभागिको तर्फबाट मीना चौधरीले आफनो भनाई राख्नु भएको थियो ।