बर्दियाको गेरुवामा नागरिक आरोग्य कार्यक्रम संचालन
Friday, July 5th, 2024, 4:53 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २२ असार
‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने मुल नाराको साथ गेरुवा गाउँपालिका अन्तर्गत मनाउ आयुर्वेद औषधालय गेरुवा–०६ बर्दियाले नागरिक आरोग्य कार्यक्रम संचालन गरेको छ ।
असार १९ गते देखि गेरुवाको वडा नम्बर ६ स्थित मनाउमा नागरिक आरोग्य कार्यक्रम संचालन भएको हो । गेरुवा गाउँपालिका वडा नम्बर ६ अध्यक्ष कृष्ण गोपाल चौधरीको अध्यक्षता र बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्र गुलरियाका प्रमुख डा. कलावति विश्वकर्माको प्रमुख आथित्यमा नागरिक आरोग्य कार्यक्रमको सुरुआत गरिएको थियो ।
कार्यक्रममा गेरुवा–६ बर्दियाका महिला स्वास्थ्य स्वयमसेविका, स्थानीय महिला अगुवाहरु, विभिन्न संघ संस्थाका अगुवाहरुलाई ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ अन्तर्गत नागरिक आरोग्य कार्यक्रममा स्वास्थ्य जीवनशैलीको बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा गृहणीको लागि भान्सा सुधार कार्यक्रम, स्थानीय स्तरमा उपलब्ध जडीबुटीहरुको पहिचान तथा प्रयोग, नसर्ने रोगको न्युनिकरणको लागि आयुर्वेद स्वास्थ्यमा उल्लेख गरिएको स्वास्थय जीवन यापन दीनचर्या, ऋतुचर्या, भान्सा सुधार उचित मात्रामा खानापान, दैनिक योगाभ्यास लगायतको बारेमा जानकारी गराइएको डा. शिवराज सुवेदीले बताए ।
कार्यक्रममा डा. कलावति, औषधालयका प्रमुख डा. शिवराज सुवेदी, वरिष्ट वैद्य निरीक्षक लोकराज पाण्डेले विभिन्न विषयमा सहभागिहरुलाई बताएका थिए । कार्यक्रमको संचालन वैद्य श्री याम बहादुर चौधरीले गरेका थिए ।