लायन्स क्लब अफ नेपालगन्ज जीवनद्धारा आश्रममा स्वास्थ्य चेकजाँच
Saturday, July 6th, 2024, 7:21 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ असार
लायन्स क्लब अफ नेपालगन्ज जीवनले शनिबार मानव सेवा आश्रम आदर्शनगर नेपालगन्जमा स्वास्थ्य चेकजाँच कार्यक्रम गरेको छ । आश्रममा भएका मानिसहरुमा मानसिक समस्या देखा परिरहने भएकोले स्वास्थ्य चेकजाँच गरिएको हो । स्वास्थ्य चेकजाँचका क्रममा धेरैजसोमा मानसिक समस्या, अन्य शारीरिक समस्या र केहिमा छालाको समस्या देखिएको आयोजकले बताएको छ ।
भेरी अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ डा. प्रदीप रेग्मी, जनरल फिजिसियन डा. उमेश ढुंगाना र छाला रोग विशेषज्ञ डा. अस्मिता सुवेदी लगायतको टिमले आश्रममा रहेका मानिसहरुको चेकजाँच गरेका थिए ।
स्वास्थ्य चेकजाँचका क्रममा रगत परिक्षण गर्न क्वेस्ट प्याथोलोजीले सहयोग गरेको थियो भने अपुग औषधी नेपाल फर्मास्युटिकलले सहयोग गरेको लायन्स क्लब अफ नेपालगन्जका अध्यक्ष जीवन शर्माले जानकारी दिए ।

……….
आश्रममा आएर सेवा दिनु भएकोमा सम्पुर्ण चिकित्सक र क्लबलाई आश्रम प्रमुख उर्बिन सापकोटाले दोसल्लाले ओडाएर सम्मान गर्दै धन्यवाद व्यक्त गरे ।
यसैगरी तेजस्वी हर्ट सेन्टर तथा लायन्स क्लब अफ नेपालगन्ज जीवनले नेपालगन्जको युद्ध संस्कृत माविका विद्यार्थीहरुको मुटु परिक्षण गरिएको छ । दुई दिने कार्यक्रममा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. विकास नेपालले तेजस्वी हर्ट सेन्टरमा विद्यार्थीहरुको मुटुको परिक्षण गरेका थिए । स्वास्थ्य परिक्षणका क्रममा ५ जना विद्यार्थीमा मुटु बाथ रोग देखिएको आयोजकले बताएको छ ।

…………