धम्बोझी स्कुलमा बाल स्वास्थ्य शिविर तथा निःशुल्क औषधी वितरण
Sunday, July 7th, 2024, 7:40 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ असार
लायन्स क्लब अफ नेपालगन्ज भेरीको आयोजनामा आइतबार नेपालगन्जको धम्बोझी माविका विद्यार्थीहरुको निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गरिएको छ । बाल स्वास्थ्य शिविर तथा निःशुल्क औषधी वितरण कार्यक्रममा १ सय १३ विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको लायन्स क्लब अफ नेपालगन्ज भेरी अध्यक्ष डा. फरहद बानोले बताईन । डा. रोमा बोरा र डा. सकिल अहमदले स्वास्थ्य शिविरमा आएका बालबालिकाहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एन का पिजिएमएफ बिनोद कुमार श्रेष्ठको प्रमुख आथित्यमा बाल स्वास्थ्य शिविर तथा निःशुल्क औषधी वितरण कार्यक्रम सुरु भएको थियो । लायन्स क्लब अफ नेपालगन्ज भेरीले मानवीय सेवा भावले गरेको कार्यक्रममा सहभागि हुन पाउँदा खुसी लागेको श्रेष्ठले बताए । आगामी दिनमा पनि लायन्स क्लब अफ नेपालगन्ज भेरीले यस्ता मानवीय कार्यहरुलाई निरन्तरता दिने उहाँले विश्वास व्यक्त गर्नु भयो ।
यसैगरी कार्यक्रमका प्रमुख अतिथी लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एन का पिजिएमएफ बिनोद कुमार श्रेष्ठले गर्भवती महिलाहरुको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमको पनि उद्घाटन गर्नु भएको छ ।
लायन्स क्लब अफ नेपालगन्ज भेरी अध्यक्ष डा. फरहद बानोले एक वर्ष सम्म नेपालगन्जको पुरैनी स्वास्थ्य चौकीमा गर्भवती महिलाहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने घोषणा गर्नु भएको थियो । लायन्स क्लब अफ नेपालगन्ज भेरीले आयोजना गर्ने निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम एक वर्ष सम्म चल्नेछ । हरेक महिनाको ७ गते स्वास्थ्य परीक्षणमा आउने बिरामीहरुलाई डा. फरहद बानो परीक्षण गर्नेछिन् ।
आइतबार बिहान धम्बोझी स्कुलमा भएको कार्यक्रममा निवर्तमान डिष्ट्रिक गर्भनर मुकुट ढकाल, लायन्स मल्टिपल कोर्डिनेटर मधुसुधन शर्मा, प्रथम् भ्वाईस गर्भनर ज्ञानेन्द्र श्रेष्ठ, पुर्व गर्भनर श्याम शाक्य, एरिया चिफ राजेन्द्र रिजाल, लायन्स क्लब अफ नेपालगन्ज भेरीका पुर्व अध्यक्षहरु सावित्रा पोखरेल बस्नेत, सावित्रा शर्मा, भगवती भण्डारी, सुस्मा सुवेदी, प्रथम उपाध्यक्ष लक्ष्मी भण्डारी, दिृतिय उपाध्यक्ष सविता शाक्य, सचिव सुनिता सुवेदी, धम्बोझी माविका प्रअ बामदेव सुवेदी र शुभकामना मेडिकल हलका संचालक दिपेन्द्र घलेलगायतको उपस्थिती रहेको थियो ।
धम्बोझी माविका प्रअ सुवेदीले निम्न वर्गका विद्यार्थीहरु पढने विद्यालयमा आएर लायन्स क्लब अफ नेपालगन्ज भेरीले स्वास्थ्य शिविर तथा निःशुल्क औषधी वितरण कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद दिए । प्रतिकुल मौसमका कारण पनि विहानै आएर कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने सम्पुर्णलाई लायन्स क्लब अफ नेपालगन्ज भेरी अध्यक्ष डा. फरहद बानोले धन्यवाद ज्ञापन गरिन् ।

……….

……….

………..