मानव बेचविखन विरुद्ध सुद्दृढीकरण परियोजनाको सामाजिक लेखा परीक्षण सम्पन्न
Monday, July 8th, 2024, 7:09 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २४ असार
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनामा सोमबार मानव बेचविखन विरुद्ध सुद्दृढीकरण परियोजनाको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । इन्टरनेशनल नेपाल फेलोशिप(नेपाल) बाँके शाखाको आयोजनामा भएको मानव बेचविखन विरुद्ध सुद्दृढीकरण परियोजनाको आर्थिक वर्ष २०८०–०८१ को सामाजिक लेखा परीक्षण कार्यक्रम गरिएको हो ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ अध्यक्ष झगरु थारुको अध्यक्षतामा भएको कार्यक्रममा परियोजना अन्तर्गत आर्थिक वर्ष २०८०–०८१ मा कामहरुको बारेमा स्थानीय प्रतिनिधिहरुले आफनो सुझाव तथा सल्लाह दिएका थिए ।
इन्ट्रयाक एशियाको आर्थिक सहयोगमा भैरहेको परियोजना अन्तर्गत राप्तीसोनारी गाउँपालिकाका तिन वटा वडाहरुमा मानव वेचविखन विरुद्ध सचेतना फैलाउँदैं स्थानीय स्तरमा महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउन विभिन्न कार्यक्रमहरु गरिदैं आएको छ ।
कार्यक्रममा मानव बेचविखन विरुद्ध सुद्दृढीकरण परियोजनाको आर्थिक वर्ष २०८०–०८१ खर्च विवरण परियोजना सुपरभाईजर हस्त विकले सार्वजनिक गरेका थिए । कार्यक्रममा स्थानीयहरुले राखेका जिज्ञासा र सुझावहरुलाई समेत विकले सम्बोधन गरेका थिए ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष झगरु थारुले समुदाय स्तरमा आइएनएफले धेरै सकारात्मक काम गर्दै आएको बताउँदैं स्थानीयहरुले सिकेका कुरालाई व्यवहारमा उतार्ने प्रयास गर्नु पर्ने बताए ।
उनले भने, ‘आइएनएफले हाम्रो वडामा धेरै वर्ष देखि काम गरिरहेको छ । यहाँहरुले काम गर्ने तरिका निकै पारदर्शि र प्रभावकारी छ । समुदायमा आइएनएफले धेरै विकास गर्ने प्रयास गरेको छ । जनचेतना जगाउन सहयोग गर्नु भएको छ । अब स्थानीय बासिन्दाहरुले एक अर्काले सिकेका कुरा आफनो समुदायमा गएर व्यवहारमा उर्तानु पर्छ ।’
यसैगरी वडा सदस्य शेर बहादुर विकले समुदायमा बंगुर र बाख्रा पालनमा सहयोग अन्य संस्थाहरुले गरिरहेकोले नयाँ क्षेत्रमा संस्थाले काम गर्नु पर्ने सुझाव दिएका थिए । संस्थाले गरेका सहयोगमा प्रभावकारी रुपमा अनुगमनलाई पनि निरन्तरता दिनु पर्ने विकले बताएका थिए ।
इलाका प्रहरी कार्यालय बिनौनाका प्रमुख प्रहरी नायब निरिक्षक भद्र सिंह ओलीले भारतीय सिमानासँग जोडिएका गाउँघरमा समुदायका मानिसहरुको सहयोगले मानव बेचबिखनलाई रोक्न सकिने बताए । मावन बेचविखनलाई रोक्ख समुदाय स्तरका संजाल र संगठनले प्रहरीलाई धेरै सहयोग पुग्ने उनले धारणा राखे ।
कार्यक्रममा मानव अधिकार समिति संयोजक धना ओली र अपांगता संजालका अध्यक्ष यम बहादुर ओलीले परियोजनाले थुप्रै सकारात्मक परिवर्तन गरेको बताएका थिए ।परियोजनाको सामुदायिक परिचालक धन कुमार थारुले स्वागत मन्त्वय राख्दैं समुदायमा आफनो वडामा भैरहेको गतिविधिहरुको बारेमा जानकारी गराएकी थिईन् ।
![](https://kalpristhanews.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-08-at-18.23.28_679df922.jpg)
……..
कार्यक्रममा वडा सदस्य सीता थारु, मेलमिलाप संयोजक तथा वडा सचिव हुमा कुमारी डाँगी, सामाजिक परिचालक यामकला बस्नेत, २० वटा स्वालम्वन समुहका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । इन्टरनेशनल नेपाल फेलोशिप(नेपाल)ले नेपालमा ७१ वर्ष देखि मुख्य गरी स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा काम गर्दै आएको छ । साथ परियोजना अन्तर्गत राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ मा काम भैरहेको छ । सन् २०२२ देखि सुरु भएको साथ परियोजना सन् २०२४ को डिसेम्बरमा सकिदैछ ।
![](https://kalpristhanews.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-08-at-18.28.29_62e441e5.jpg)
………….
![](https://kalpristhanews.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-08-at-18.26.43_cba3d6d6.jpg)
……..
![](https://kalpristhanews.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-08-at-18.27.47_13937589.jpg)
………..
![](https://kalpristhanews.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-08-at-18.26.56_b63fd10c.jpg)
……….