बाँकेको राप्तीसोनारीमा हुलाक पुर्नसंरचा सम्बन्धी अभिमुखीकरण
Wednesday, July 10th, 2024, 6:10 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
राप्तीसोनारी, २६ असार
नेपाल सरकारले एक स्थानीय तह एक हुलाकको नीति लागु गरेपछि सो अनुसार स्थानीय तहमा हुलाक कार्यालय स्थापनाका लागि जिल्ला हुलाक कार्यालय बाँकेले बाँकेको असार २५ गते राप्तीसोनारी गाउँपालिकामा हुलाक पुर्नसंरचना सम्बन्धी अभिमुखिकरण तथा अन्तरकृया कार्यक्रम संचालन गरेको छ ।
राप्तीसोनारी गाऊँपालिकाको सभा हल अगैयामा सम्पन्न कार्यक्रममा जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्द प्रसाद पाण्डेले हाल हुलाकले प्रदान गर्ने सेवा, हुलाक पुर्नसंरचना तथा एक स्थानीय तह एक हुलाक अवधारणाका बारेमा प्रकाश पार्नु भएको थियो भने प्रशिक्षक जयकेश सिंहले संचार र हुलाकको अन्तर सम्बन्धका वारेमा सहभागिलाई सहजिकरण गर्नु भएको थियो ।
राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले पालिका केन्द्रको नजिक हुलाक सेवा आएकोमा स्वागत गर्दै गाऊँपालिकाले सहयोग गर्ने प्रतिबद्वता ब्यक्त गर्नु भयो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधी, बिभिन्न कार्यालयका प्रतिनिधी, हुलाकका कर्मचारी गरेर पचास जनाको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन जिल्ला हुलाक कार्यालय बाँकेका खरिदार कमलेश कुमार मौर्यले गरेका थिए ।