लायन्स क्लब अफ नेपालगन्ज भेरीद्धारा रक्तदान कार्यक्रम सम्पन्न
Saturday, July 13th, 2024, 6:25 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २९ असार
लायन्स क्लब अफ नेपालगन्ज भेरीको आयोजनामा शनिबार नेपालगन्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । भेरी अस्पताल परिसरमा रहेको नेपाल रेडक्रस सोसाईटी, नेपालगन्ज बाँकेमा भएको रक्तदानमा २५ जनाले रगतदान गरेका थिए । लायन्स क्लब अफ नेपालगन्ज भेरीको अध्यक्ष डा. फरहत बानुको अध्यक्षतामा रक्तदान कार्यक्रमको उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ प्रथम भ्वाईस गर्भनर ज्ञानेन्द्र श्रेष्ठ, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ का निवर्तमान गर्भनर मुकुट ढकाल, लायन्स क्लब अफ नेपालगन्ज भेरीको निवर्तमान अध्यक्ष स्नेहालता श्रेष्ठ, पुर्व अध्यक्ष आभा गौतम, सावित्रा पोखरेल बस्नेत, भगवती भण्डारी, सुष्मा सुवेदी, प्रथम उपाध्यक्ष लक्ष्मी शाही, दिृतिय उपाध्यक्ष सविता शाक्य, तिृतिय उपाध्यक्ष निशा पुरी थापा लगायतको सहभागिता रहेको थियो ।
सामाजिक संजाल मार्फत बाँकेमा रगत अभाव भैरहेको खबर सुनेपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजक लायन्स क्लब अफ नेपालगन्ज भेरी अध्यक्ष डा. फरहत बानुले बताईन् । उनले भनिन,‘रक्तदानले धेरै मानिसको ज्यान बचाउन सक्छ । मानिसहरुको जीवनलाई सहयोग पुग्छ । आजको कार्यक्रम गर्नमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिन चाहन्छु ।’
निवर्तमान गर्भनर मुकुट ढकालले लायन्स क्लब अफ नेपालगन्ज भेरीले मानवीय सेवाको काम गरेर सकारात्मक सन्देश दिएको बताए । उनले भने,‘रगतको अभाव भएको बेला रक्तदान गर्नु राम्रो कुरा हो । लायन्स क्लब अफ नेपालगन्ज भेरीले आफनो गरिमालाई बढाउने काम विगतदेखि गर्दै आएको छ । यो कार्यसमितिले त्यसलाई निरन्तरता दिएको छ ।’

……….

…….

……….